12Shares

पोखरा भ्यूज
पोखरा, २९ मङ्सिर । नेपाली काँग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनका सन्दर्भमा तयारी तीव्र पारिएको छ । सम्मेलनलाई नै लक्षित गरी आज निर्वाचन क्षेत्र तथा त्यस अन्तर्गतका प्रदेश निर्वाचन क्षेत्रका सभापतिहरूको बैठक सम्पन्न भएको छ ।
नेपाली काँग्रेस गण्डकी प्रदेश समितिको कार्यालय पोखरामा सम्पन्न बैठकले पुस ३ र ४ गते हुने प्रदेश सम्मेलनलाई भव्य र भव्य रुपमा सम्पन्न गराउने निर्णय गरेको छ ।
बैठकमा नेपाली काँग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्माले प्रजातन्त्रको विकल्प प्रजातन्त्र नै भएजस्तै काँग्रेसको विकल्प काँग्रेस नै भएको बताए । काँग्रेसले आम जनताको भावनालाई समेट्दै देशको उन्नति र प्रगतिका अगुवाई गर्दै आएको शर्माले बताए । सबै क्षेत्रीय तथा प्रदेश निर्वाचन क्षेत्रका सभापतिले यस पहिलो सम्मेलनलाई भव्यताका साथ सम्भपन्न गराउन आआफ्नो तर्फबाट महत्वपूर्ण भूमिका निभाउने  विश्वास व्यक्त गरे ।
महामन्त्री किरणबाबु श्रेष्ठले संगठनलाई चुस्तदुरुस्त बनाउन सबैको साथ र सहयोग आवश्यक भएको बताए । अर्का महामन्त्री विष्णु लामिछानेले विधान संशोधनका लागि छलफलबाट उठेका सुझावलाई प्राथमिकतामा राख्दै सम्मेलनका लागि प्रतिवेदनको तयारी भैरहेको जानकारी गराए ।
बैठकका सहभागीले केन्द्रीय तहमा नेतृत्व लिनका लागि वडास्तरबाटै प्रतिनिधित्व गर्दै जाने वातावरण तयार भएमा नेतृत्व जनमुखी बन्ने सुझाव व्यक्त गरेको नेपाली काँग्रेस गण्डकी प्रदेश समितिका प्रवक्ता माधबप्रसाद बास्तोला(मधु)ले जानकारी दिए ।
११ वटै जिल्लाबाट काँग्रेसका नेता तथा कार्यकर्ताको उल्लेख्य सहभागितामा यही पुस ३ गते हुने सम्मेलनको उद्घाटन पोखरा सभागृहमा नेपाली काँग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले गर्ने सूचना, संचार तथा प्रचारप्रसार बिभागका उप-प्रमुख शिरोमणि बरालले जानकारी दिए । सम्मेलनमा काँग्रेसका केन्द्रीय नेताहरू, सातवटै प्रदेशका सभापति सहभागी बन्ने कार्यक्रम छ । दोस्रो दिन ४ गते हुने सम्मेलनको बन्द सत्रमा प्रदेश निर्वाचन क्षेत्रका ३६ जना सभापति र प्रत्येक प्रदेशका आठ आठ जना गरी कुल ३२४ जना प्रतिनिधि एवम् गण्डकी प्रदेश कार्यासमितिका ८१ जना गरी कुल ४०५ जना सहभागी रहने बरालले जानकारी दिए । सम्मेलनलाई लक्षित गरी प्रदेश समिति अन्तर्गतका २४ वटा विभागहरूको बैठक समेत भैरहेका छन् ।

12Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected