२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

कृषि कर्जा साधारण कृषकको पहुच सम्म पुर्‍याउने सरल उपाय खोजौ: प्रमुख पौडेल

पोखरा भ्यूज
पोखरा । जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले   कृषि कर्जा साधारण कृषकको पहुच सम्म पुर्‍याउने सरल उपाय खोजि गरि कर्जा प्रवाह सजिलो बनाउन आग्रह गरेका छन् ।
अहिलेको प्रक्रिया केही झन्झटिलो र उत्पादनका काम नै छोडेर कृषकहरू कर्जा प्रक्रियामा  लाग्नुपर्ने गुनासो आएको भन्दै सरोकारवाला मन्त्रालयले यस विशेषमा  ध्यान दिएर सरल प्रक्रिया अबलम्बन गर्नुपर्ने  उल्लेख गरें ।
प्रमुख पौडेलले सो कुरा प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना , परियोजना कार्यान्वयन एकाइ कास्कीको आयोजनामा “ सहुलियत कृषि कर्जा कार्यान्वयनका लागि अन्तरक्रिया कार्यक्रमको   शुक्रबार उद्घाटन गर्दै बताएका हुन् ।
पौडेलले  सरलिकृत अनुदान रकम  बितरण प्रक्रिया  सर्बसाधारण कृषकको पहुचमा नपुगेसम्म कुनै पनि कृषि उत्पादनमा देश आत्मनिर्भर हुन नसक्ने र  समृद्धिका नारा निरर्थक हुने जिकिर गरें ।
उनले  श्रम र बजारलाई जोड्ने नीति निर्माण गरि कृषि उत्पादनको बजारीकरण गर्न  तदारुकता राज्यले देखाउनु पर्ने बताए । कर्जा प्रक्रिया सरल बनाउन रास्ट्र बैंकले समेत विशेष नीति बनाउनु पर्ने उनको जोड थियो ।
कार्यक्रममा गण्डकी प्रदेश सरकार कृषि मन्त्रालयका सचिब सहदेब प्रसाद हुमागाइ, कृषि बिकास निर्देशनालय गण्डकीका महानिर्देशक बासुदेब रेग्मी, राष्ट्रिय पशु प्रजनन कार्यालय पोखराका प्रमुख डा. जगदीश पाण्डे ,पशु तथा मत्स्य विकास निर्देशनालय गण्डकीका महानिर्देशक डा प्रेरणा सेढाई भट्टराई, नेपाल राष्ट्र बैंक पोखरा कार्यालयका निर्देशक आर्या जोशी, प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना  कार्यान्वयन एकाइ  लमजुङका प्रमुख अजय अधिकारी, प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना कार्यान्वयन एकाइ स्याङ्जाका प्रमुख माधब लम्साल, प्रधानमन्त्री कृषी आधुनिकीकरण परियोजना सहितले सहुलियत कृषि कर्जा कार्यान्वयनका सम्बन्धमा  बोरेका थिए ।
कार्यक्रममा कार्यालयको तर्फबाट प्रमुख रोशन अधिकारी, नेपाल राष्ट्र बैंक पोखराका सहायक निर्देशक बिजया गौतम र कृषि मन्त्रालयका वरिष्ठ कृषि अर्थ बिज्ञ भानु भट्टराईले सहुलियत कृषि कर्जा प्रवाहको अबस्था र कार्यान्वयनका समस्या सहितका भिन्दा भिन्दै कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा सरोकारवाला कृषक, कृषी उधमी राष्ट्र बैंक, बैंक तथा बित्तिय संस्थाका प्रमुख तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कास्कीका प्रमुख रोशन अधिकारीको अध्यक्षमा सम्पन्न कार्यक्रममा स्वागत  कार्यालयका कृषि अधिकृत निशा कंडेल र  संचालन  सामाजिक बिकास अधिकृत गोबिन्द श्रेष्ठले गरेका थिए ।

 

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…