२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

श्री परशु आधारभूत बिधालयले ६४औं स्थापना दिवस मनाउदै

पोखरा भ्यूज

अन्नपूर्ण, कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ मा रहेको श्री परशु आधारभूत बिधालयले आफ्नो ६४औं स्थापना दिवसमा विविध कार्यक्रम सहित मनाउने भएको छ । बिधालय ब्यवस्थापन समितिका अध्यक्ष केदारनाथ अधिकारीको अध्यक्षतामा मंसिर ३० गते बसेको बैठकले यहि पुस ९ गते विविध कार्यक्रम सहित ६४औं स्थापना दिवस मनाउने निर्णय गरेको बिधालयका प्रधानाध्यापक कलाधर भुगाईले जानकारी दिए ।

सो दिनको अवसरपारी श्री परशु शैक्षिक प्रतिष्ठानको बिधिवत शुभारम्भ समेत गर्ने निर्णय सहित बिधालयले शैक्षिक प्रतिष्ठानका प्रमुख संरक्षक, पदाधिकारी लगाएत सदस्यलाई सम्मान, जेष्ठ नागरिक सम्मान, बिधार्थीलाई न्यानो कपड़ा वितरण लगाएतका कार्यक्रम गर्ने भुगाईले बताए ।

बिधालयको स्थापना दिवसलाई सभ्य र भब्य रूपमा सु–सम्पन्न गर्नका लागि बिधालय ब्यवस्थापन समितिका अध्यक्ष केदारनाथ अधिकारीको अध्यक्षतामा विभिन्न उप–समिति समेत गठन गरेको छ। जसमा जेष्ठ नागरिक सम्मानमा कृष्णबहादुर कुँवर ‘ए’ र उद्दिमबहादुर कुँवर, सम्मान–पत्र तयारीमा ओमकार अधिकारी, लक्ष्मण अधिकारी र बिष्णुप्रसाद अधिकारी, अतिथि सत्कारमा कृष्णबहादुर कुँवर ‘बी’, ‘ए’, महेन्द्र कुँवर, एकनारायण अधिकारी, प्रेमबहादुर कुँवर र मिलन कुँवर रहेका छन् । त्यस्तै, निमंत्रणा एवं पत्रचारमा बिधालय प्रशासनका साथै ओमकार अधिकारी र बिष्णुप्रसाद अधिकारी, मंच ब्यवस्थापनमा हरिप्रसाद भुगाई, राम्जी अधिकारी र तुलसी बराल, मालाको लागि आमा समूह र बिधालयका शिक्षिकालाई जिम्मेवारी प्रदान गरिएको छ । यसैगरी, चिया खाजा ब्यवस्थापनमा एकबहादुर कुँवर, विचित्रध्वज कुँवर, महेन्द्रराज अधिकारी र रती कुँवर, स्वयम् सेवकमा जिवन बहादुर कुँवर, इन्द्रबहादुर नेपाली, कमल कुँवर, मिनु कुँवर, मिलन कुँवर र अम्बिका कुँवर रहेका छन् ।

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…