5Shares

पोखरा भ्यूज
४ पुस, काठमाडौं । सर्वोच्च अदालतमा ६ जना न्यायाधीश नियुक्त गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले वुधार साँझ नेपालको संविधान २०७२ को धारा १२९ को उपधारा २ बमोजिम सर्वोच्च अदालतको न्यायाधीशमा सारंगा सुवेदी, अब्दुल अजिज मुसलमान, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सुनिल पोखरेल र बालकृष्ण ढकाललाई नियुक्त गरेका हुन् ।

New Judges

यसअघि न्यायपरिषदले ५ मंसिरमा सर्वोच्च अदालतको न्यायाधीश सिफारिस गरेको थियो । गत शुक्रबार, आइतबार र सोमबार २/२ जनाको सुनुवाइ गरेको समितिले समितिमा प्राप्त उजुरी र न्यायाधीशरुले दिएको जवाफ र कार्ययोजनाबारे अध्ययन गर्न सदस्यहरुलाई दुई दिनको समय दिएको थियो । शुक्रबारदेखि मंगलबारसम्म सुनुवाइ गरी बुधबार विहान मात्रै उनीहरूको नाम अनुमोदन भएको थियो । सर्वोच्चमा अझै १ न्यायाधीशको पद रिक्त रहेको छ ।

5Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected