२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

पिस पोस्टरमा आरुषी अधिकारी नेपालबाट छनोट

पोखरा भ्यूज

पोखरा । पिस पोस्टर प्रतियोगितामा मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालबाट आरुषी अधिकारी प्रथम भएकी छन् ।लायन्स अन्तर्राष्ट्रियको पिस पोस्टर प्रतियोगितामा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको प्रतिनिधित्व गर्दै सँगसँगै मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालको तर्फबाट लायन्स अन्तराष्ट्रियको पिस पोस्टर छनोटमा उनले बनाएको पोस्टर समावेश हुनेछ । मल्टीपल डिष्ट्रिक्ट ३२५ नेपालबाट छनोट भएको पिस पोस्टरलाई लायन्स अन्तर्राष्ट्रियको सचिवालयमा पठाइन्छ । संसारभरका पिस पोस्टरमा पनि प्रथम हुनेले पाँच हजार अमेरिकी डलर पुरस्कार पाउनुका साथै एक अभिभावकसहित अमेरिका भ्रमण गर्न पाउने छ ।

नेपाल मोडल स्कुल, टोखा, काठमाडौं कक्षा ७ मा अध्ययनरत अधिकारीले ‘Dare to Dream’ सपना देख्ने हिम्मत गरौ थिममा आधारित पिस पोस्टरको चित्र कोरेकी थिईन् ।

लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई, नेपाल अन्तर्गतको क्लब लायन्स क्लब अफ काठमाडौं फाइन आर्टसको आयोजनामा नेपाल मोडल स्कुलमा पिस पोस्टर प्रतियोगिता भएको थियो ।

लायन्स अन्तर्राष्ट्रियले प्रत्येक बर्ष संचालन गर्ने पिस पोस्टर प्रतियोगिता यस बर्ष डिष्ट्रिक्ट ३२५ आई नेपालका ८५ वटा क्लबले विभिन्न स्कूलमा प्रतियोगिता सम्पन्न गरेका थिए । ति मध्ये नेपाल मोडल स्कुलकी छात्रा अधिकारीले कोरेको चित्र प्रथम भएकोले डिष्ट्रिक्टबाट मल्टीपलमा पठाएको थियो । सोही प्रकृतिका १५ वटा डिष्ट्रिक्टबाट मल्टीपल डिष्ट्रिक्टमा छनोट भई आएका मध्येमा पनि उनि प्रथम हुन सफल भएकी थिईन् ।

यसैगरी डिष्ट्रिक्ट ३२५ एफ नेपालबाट छनोट भई आएका लायन्स क्लब अफ रामेछापको आयोजनामा आयोजित प्रतियोगिताका सिद्धिका शाह र उर्जा ढुङगाना द्वित्तिय र तृत्तिय साथै डिष्ट्रिक्ट ३२५ के नेपालबाट छनोट भई आएका लायन्स क्लब अफ काठमांडौं स्वयम्भुको आयोजनामा आयोजित प्रतियोगिताका संस्कृतलाल श्रेष्ठले चौंथो स्थान प्राप्त गरेका छन् । यस प्रतियोगितामा ११-१३ बर्षको उमेर समूहका समावेश हुने गर्दछन् । 

विश्वरभरीका लायन्स क्लबहरुबाट बर्सेनी बालबालिकाहरुलाई उनिहरूको चेतना अभिबृद्धि गर्ने उद्देश्यका लागि ‘शान्तिका लागि पिस पोस्टर प्रतियोगिता’ सञ्चालन गर्दै आइरहेको छ ।

नेपालस्थित १५ वटा डिष्ट्रिक्टका दुई हजार बढ़ी क्लब मध्ये अधिकांश लायन्स क्लबले पनि प्रत्येक बर्ष विभिन्न स्कूलमा पिस पोस्टर प्रतियोगिता गर्दै आएका छन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…