२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

न्यू भिजनद्वारा चण्डिका आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण

पोखरा भ्यूज

पोखरा, ७ पुस । लायन्स क्लव अफ पोखरा न्यू भिजनले पोखरा–१६, दीपस्थित चण्डिका आधारभूत विद्यालयलाई शैक्षिक सामग्री वितरण गरेको छ । क्लवले बिधार्थीको लागि न्यानो कपड़ा स्विटर, झोला सहित कपि कलम र विद्यालयलाई प्राथमिक स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो । उक्त विद्यालयमा हाल ११५ जना विद्यार्थी अध्ययनरत छन् ।

क्लबका अध्यक्ष लक्षमण सुनारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका मिडिया एवं कम्युनिकेसन डिष्ट्रिक्ट को–अर्डिनेटर टंकराज अधिकारीले बालबालिकालाई पठनपाठनमा सहज होस भन्दै क्लबले संस्थागत उत्तरदायित्व अन्तर्गत झोला, कापी, कलम लगायत शैक्षिक सामग्री वितरण गरेकोमा क्लब परिवारलाई धन्यवाद दिएका थिए । लायन्स क्लवले समाजमा गरेका सेवाका कार्यको बारेमा आफ्ना भनाई राख्दै अधिकारीले बिशेषत: स्वास्थ्य, शिक्षा,  वातावरण लगाएतका क्षेत्रमा काम गदै आएको पनि बताएका थिए । राज्यको निकायले गर्नुपर्ने यस्ता कार्यहरुलाई लायन्स क्लबले प्राथमिकतामा राखेर सहयोगी हात बढाएकोमा क्लब परिवारप्रति धन्यबाद व्यक्त गर्दै निरन्तरताको लागि सुझाव दिदै क्लबको उत्तरोत्तर प्रगतिको कामना समेत गरेका थिए ।

जोन चेयरपर्सन सन्तबहादुर लामिछानेले लायन्स क्लबले गरेको सहयोगबाट विद्यार्थीलाई नियमित विद्यालय आउन हौसला मिल्ने बताउदै न्यून आय भएका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने भएकाले लायन्स क्लबले अभियानकै रुपमा यस्ता कार्यक्रम निरन्तरता दिने गरेको बताए ।

क्लबका पूर्व अध्यक्ष राजकुमार बि घिमिरेले क्लबका गतिबिधि बारे प्रकाश पार्दै विद्यालय र बिधार्थीको आवश्यकतालाई मध्ये नज़र गर्दै शैक्षिक सामाग्री बितरण गरिएको जानकारी दिए ।

कार्यक्रममा बिधालय ब्यवस्थापन समितिका अध्यक्ष सन्दीप थापा, बिधालयका प्रधानाध्यापक सृजना सिग्देलले क्लबले बिधार्थीको आवश्यकतालाई बुझेर शैक्षिक सामग्री सहित प्राथमिकता स्वास्थ्य औषधी उपलब्ध गराएकोमा क्लब परिवारप्रति आभार व्यक्त गर्दै धन्यवाद व्यक्त गरेका थिए ।

क्लबका सचिव दीपक बिश्वकर्माको संचालनमा रहेको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष चन्द्रप्रसाद पाण्डे, रूपलाल सुनार, क्लबका पदाधिकारी एवं सदस्यको उल्लेख्य सहभागिता रहेको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…