
पोखरा भ्यूज
पोखरा, ७ पुस । लायन्स क्लब अफ पोखरा अर्पणले मादी-७ स्थित श्री बाल पदम आधारभुत बिद्यालयमा अध्ययनरत ३५ जना विद्यार्थीहरुको दन्त परीक्षण सहित शैक्षिक सामग्री वितरण गरेको छ ।
क्लबका अध्यक्ष उर्मिला बस्नेतको अध्यक्षता लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट को-अर्डिनेटर अमृत शोभा खत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सो बिधालयमा अध्ययनरत बिधार्थीलाई पठनपाठनमा केही सहज होस भन्ने उदेश्य अनुरुप स्कुल झोला, कपी, कलम, रंगकलम, ईरेजर, ब्रस, टुथपेस्ट वितरण गरेको हो । 
सो अवसरमा गुडविल डेण्टल केयरको प्राविधिक सहयोगमा बिधार्थीको दाँत रोगको चेकअप तथा दाँतमा लाग्ने रोगबाट कसरी बच्न सकिन्छ भन्ने सचेतना मुलुक कार्यक्रम पनि संचालन गरेको क्लबका पूर्व अध्यक्ष एवं कार्यक्रम संयोजक लक्ष्मी कुँवरले जानकारी दिईन् ।
कार्यक्रममा रिजन चेयरपर्सन रेश्मा अधिकारी, जोन चेयरपर्सन रश्मि भन्डारी, विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष, विद्यालय प्रअ, क्लवका पूर्व अध्यक्ष, क्लब पदाधिकारी, सदस्यहरू, अविभावक, शिक्षक/शिक्षिका लगाएत छात्रछात्राहरुको उपस्थित रहेको थियो











