२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

श्री परशु आधारभूत बिधालयको ६४औं स्थापना दिवश एवं शैक्षिक प्रतिष्ठान समुद्घाटन

पोखरा भ्यूज

अन्नपूर्ण, कास्की । विसं २०१६ मा स्थापना भएको श्री परशु आधारभूत बिधालयले ६४औं स्थापना दिवस मनाएको छ । सो अवसरमा बिधालयको समग्र शैक्षिक उन्नयनका लागि गठित श्री परशु शैक्षिक प्रतिष्ठानको समेत उद्घाटन गरिएको छ ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–१, भारतीडाँडामा अवस्थित उक्त बिधालयको एक कार्यक्रमका विच गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर केसी, प्रतिष्ठानका प्रमुख संरक्षक प्रेमराज अधिकारी लगाएतले संयुक्तरूपमा उक्त प्रतिष्ठानको उद्घाटन गरेका हुन् ।

बिधालय ब्यवस्थापन समितिले प्रतिष्ठानका प्रमुख संरक्षक प्रेमराज अधिकारी र गोमा अधिकारीलाई सम्मान समेत गरेको छ ।            

अहिलेसम्म करिब हजार बढ़ी विद्यार्थीले अध्ययन सक्याए । उनीहरु सबैलाई कुनै न कुनै माध्यमबाट विद्यालयसँग जोड्ने योजना अनुसार ६४औं स्थापना दिवश एवं श्री परशु शैक्षिक प्रतिष्ठान माध्यम बन्यो ।

विद्यालयमा आर्थिक संकलन गर्ने माध्यम बनेका महायज्ञबाट ठूलो रकम संकलन भए पनि खर्च कटाउँदा न्यूनबचत हुने गरेको सन्दर्भमा अन्नपूर्ण गाउँपालिका–१, भारतीडाँडास्थित श्री परशु आधारभूत बिधालयले फरकशैली अपनाएर प्रतिष्ठानका लागि अभियान सुरू गरेको एक बर्षमा १२ लाख बढ़ी रकम संकलन गरेको छ ।

पुस ९ गते सोमवार विद्यालयमा आयोजना गरिएको ६४औं स्थापना दिवश एवं श्री परशु शैक्षिक प्रतिष्ठान समुद्घाटन कार्यक्रममा विद्यालयमा अध्ययन र अध्यापन गराएर विभिन्न सिलसिलामा स्वदेश तथा विदेशमा पेशा व्यवसाय गर्दैआएका व्यक्तिबीचमा भेटघाटको अवसर पनि जुरेको थियो ।

कार्यक्रममा विद्यालयको शैक्षिक विकासका लागि शुरु गरिएको आर्थिक संकलन अभियानमा विद्यालयका पूर्वशिक्षक/विद्यार्थी स्थानीय अबिभावक सबैले उदार मनले सहयोग गरेका छन् ।

“सरकारी तवरबाट आउने अनुदानले मात्रै विद्यालय सञ्चालन हुनसक्ने अवस्था छैन, त्यसलै विद्यालयका पूर्वविद्यार्थी र शुभचिन्तकलाई जिम्मेवार बनाउँदै सहयोग जुटाउन थालेका हौँ”– प्रधानाध्यापक कलाधर भुगाईले बताए ।

सो अवसरमा ८० बर्ष उमेर पुगेका ४० जना स्थानीयलाई गाउँपालिकाका अध्यक्ष बिष्णुबहादुर केसी, प्रतिष्ठानका प्रमुख संरक्षक प्रेमराज अधिकारी लगाएतले सम्मान गरेका थिए । सँगसँगै पूर्व बिधालय ब्यावस्थापन समिति अध्यक्ष, शिक्षक अबिभावक संघका अध्यक्ष, पूर्व प्रधानाध्यापक, पूर्व शिक्षक, चन्दादातालाई पनि सम्मान गरिएको थियो ।                

बिधालयमा अध्ययनरत ३१ जना बिधार्थीलाई न्यानो कपड़ा स्विटर र टोपी प्रदानगरिएको कार्यक्रममा बिधालयले संचालन गरेको अतिरिक्त कार्यक्रममा प्रथम, द्वितीय, तृत्तिय हुने छात्राछात्रलाई पुरस्कार समेत वितरण गरिएको थियो ।

बिधालय ब्यावस्थापन समितिका अध्यक्ष केदारनाथ अधिकारीको अध्यक्षता, अन्नपूर्ण गाउँपालिका कास्कीका अध्यक्ष बिष्णुबहादुर केसी प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल सरकारका सह–सचिव एवं पूर्वबिधार्थी बिनोद बहादुर कुँवर, पालिकाका उपाध्यक्ष चन्द्रकला देवकोटा अधिकारी, पूर्व प्रधानाध्यापक एवं वडानं १ का वडाध्यक्ष प्रतिष्ठानका अध्यक्ष तुलसी प्रसाद अधिकारी, पालिकाका शिक्षा बिभाग प्रमुख पूर्व बिधार्थी बलराम भुगाई, पूर्व ड़िएसपी/बिधार्थी ग़मबहादुर कुँवर, पूर्व प्रधानाध्यापक तुलसीप्रसाद अधिकारी, पूर्व बिधार्थी राजेन्द्र अधिकारी लगाएतले मन्तव्य राखेका थिए ।

बिधालयका शिक्षक हरिप्रसाद भुगाईको संचालन रहेको कार्यक्रममा बिधालयका प्रधानाध्यापक कलाधर भुगाईले बिधालयको प्रगति प्रतिवेदन सहित भावी रणनिती, प्रतिष्ठानका कोषाध्यक्ष ओमकार अधिकारीले प्रतिष्ठान गठन गर्नुको उद्देश्य सहित भावी रणनिती बारे प्रकाश पारेका थिए भने शिक्षिका एवं प्रतिष्ठानका उपाध्यक्ष संगीता नेपालीले उपस्थित सबैलाई स्वागत गरेकी थिईन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…