95Shares

पोखरा भ्यूज

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको क्लब लायन्स क्लब अफ पोखरा स्टार ग्लोरीले न्यानो कपडा सहित स्टेशनरी सामग्री वितरण गरेको

पोखरा-११, रानिपौवास्थित श्री सत्य साई बाल सेवा केन्द्रका छात्राहरुका लागि सोमबार उक्त सामग्री बितरण गरेको क्लब अध्यक्ष संगीता पाण्डेले जानकारी दिईन्

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गर्भनर चन्द्र कुमार केसीले सेवा केन्द्रका अध्यक्ष बकावली रन्जितलाइ उक्त सामग्री हस्तान्तरण गरेका थिए । सो अवसरमा बोल्दै गभर्नर केसीले लायन्स क्लबले समुदायमा गरेका सामजिक सेवाका कार्य उदाहरणिय महत्त्वपूर्ण रहदै आएको बताउदै क्लब परिवारप्रति आभार व्यक्त गरे

क्लबका अध्यक्ष संगीता पाण्डेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जोन चेयरपर्सन ज्ञान बहादुर राना, केन्द्रका अध्यक्ष बकावली रन्जित, लायन्स क्लब अफ पोखरा आदर्श चौतारीका अध्यक्ष दामोदर आचार्य, अपर्णका अध्यक्ष उर्मिला बस्नेत तथा क्लबका पदाधिकारी एवं सदस्यहरूको  सहभागिता रहेको थियो । सचिव प्रभा खनालको संचालन रहेको कार्यक्रममा प्रथम उपाध्यक्ष दुर्गा केसीले स्वागत मन्तव्य राखेकी थिईन्

95Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected