
पोखरा भ्यूज
१३ पुस, काठमाडौं । कोरिया जानका लागि रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा दिन नपाएपछि प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा घाइते भई उपचारका क्रममा मृत्यु हुने प्रदर्शनकारीको संख्या दुई पुगेको छ ।
पाटन अस्पतालमा उपचाररत् वीरेन्द्र शाहको पनि मृत्यु भएपछि मृत्यु हुने प्रदर्शनकारीको संख्या दुई पुगेको हो । यसअघि किष्ट अस्पतालमा उपचाररत २३ वर्षीय सुजन राउतको मृत्यु भएको थियो । यद्यपि राउतको उपचार गराउँदा उनको शरीरमा गोली लागेको ठाउँ नदेखिएको तर छातिमा समान्य दाग देखिएको बताइएको छ ।
प्रदर्शनकारीहरुले ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरी उग्र प्रदर्हनमा उत्रिएपछि प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिन गोली प्रहार गरेको थियो ।











