२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

खानेपानी टंकी हस्तान्तरण

पोखरा भ्यूज

पोखरा, १३ पुस । ग्लोवल एक्सन ग्रुप युके सहयोगमा लायन्स क्लब अफ पोखरा अञ्जुली र लायन्स क्लब अफ़ पोखरा अन्नपूर्णको संयुक्त आयोजनामा निर्मित खानेपानी टंकी हस्तान्तरण गरिएको छ । दुईवटा क्लबको संयुक्त आयोजनामा पोखरा १ बगरस्थित संस्कृत माविमा निर्मित १० हजार लिटरको खानेपानी टंकी बिधालय ब्यवस्थापन समितिलाई लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको रोहवरमा हस्तान्तरण गरिएको हो ।

लायन्सले कुनैपनि सेवा गर्दा निस्वार्थ सेवा गर्नुपर्छ, यो लायन्स क्लब अफ अन्नपूर्णको तर्फबाट ४५औं प्रोजेक्ट हो, २०१८/१९ मा आएको प्रोजेक्ट कोभिडका कारण रोकिएको परियोजनाका निर्देशक लायन्स डिष्ट्रिक्ट ३२५ जे का सिनियर एडभाईजर सोनाम स्याङपोले बताए । हामी आफ्नो क्लब र डिष्ट्रिक्ट मात्र नभई सबै डिष्ट्रिक्ट र क्लबहरूसँग सहकार्य गर्छौं, इच्छुक क्लबले सहकार्य गर्न सक्नुहुने स्याङपोले बताए ।              

नवनिर्मित ट्यांकी हस्तान्तरण पछि बोल्दै डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले लायनवादमा सोनाम स्याङपोको योगदानको चर्चा गरेका थिए । गभर्नर केसीले लायन्स क्लब अफ पोखरा अञ्जुलीले डिष्ट्रिक्टले ल्याएको वार्षिक कार्यक्रमहरू क्लब अध्यक्षको कुशल ब्यवस्थापनमा क्लबले कार्यकाल सुरू गरेको छ महिना मै सबै काम गरिसकेको बताउदै यो भन्दा अझै प्रगतिको कामना गरेका थिए ।

बिधालय ब्यावस्थपन समितिका अध्यक्ष बिष्णु प्रसाद अधिकारीले बिधालयको गतिबिधि बारे प्रकाश पार्दै भनेजस्तै किसिमले प्रोजेक्ट सम्पन्न गरेकोमा लायन्स क्लब पोखरा अञ्जुली परिवारप्रति आभार सहित खुसी व्यक्त गरे । बिधालयका प्र अ श्रीकृष्ण सिग्देलले खानेपानीको अभाव महशुष गरी विदेशी विद्यार्थीको सहयोगबाट शुद्धखानेपानीको व्यवस्थापन टंकी निर्माण गरेकोमा क्लब परिवारलाई धन्यवाद व्यक्त गरे ।

क्लबका अध्यक्ष मिना पौडेलको अध्यक्षतामा सम्पन्न क़ार्यक्रममा डिष्ट्रिक्ट सेक्रेटरी महेश पाण्डे, बिधालय ब्यवस्थापन समितिका सदस्य एवं वडा नं.१ का वडासदस्य जुमक़ाज़ी गुरूङ, डिष्ट्रिक्ट को–अर्डिनेटर अमृताशोभा खत्री, ऋषि गिरी, टंकराज अधिकारी, सिनियर एडभाइजर बिना पाइजा, कल्पना आचार्य, जोन चियरपर्सन सान्तवना पराजुली, लायन्स क्लब पोखरा अन्नपूर्णका प्रथम उपाध्यक्ष गणेश छबि, अञ्जुलीका प्रथम उपाध्यक्ष साधना थापा सचिव पूजा सिलवाल लगाएतको उपस्थिति रहेको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…