
पोखरा भ्यूज
पोखरा, १३ पुस । पोखरामा सुरु भएको अन्तर लायन्स फुटसल प्रतियोगितामा डिजी टिम विजयी भएको छ । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतका क्लबहरू लायन्स क्लब अफ पोखरा फर्निसिङ र पोखरा प्रोफेशनलको संयुक्त आयोजनामा संचालित उद्घाटन सत्रको पहिलो खेलमा आयोजक क्लब मध्येको पोखरा फर्निसिङलाई ५–२ गोलको अन्तरले पराजित गरेको हो । डिजी टिमबाट गोल गर्नेमा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट को–अर्डिनेटरद्वय युवराज खनालले ४ गोल र सुदीपराज ढ़ुङगानाले १ गोल गर्न सफल भएका थिए भने आयोजक क्लब फर्निसिङका तर्फबाट राजु कार्की र शिब अधिकारीले १/१ गोल फ़र्काएका थिए ।
डिजीटिमबाट मैदानमा उत्रेका खेलाड़ीमा डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना, क्याविनेट सेक्रेटरी महेश पाण्डे, डिष्ट्रिक्ट को–अर्डिनेटरहरू ऋषि गिरी, सुदीपराज ढुङगाना र युवराज खनाल रहेका थिए । पोखरा फर्निसिङबाट शिवराज अधिकारी, मदन केसी, रामचन्द्र खड़का, रहमोहन सुवेदी, होमबहादुर अधिकारी, अर्जुन सुबेदी, राजु कार्की रदेवेन्द्र केसी रहेका थिए ।
लायन्सहरू बिच आपसी भाईचारा, एकता र सहकार्यका लागि संचालित प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका छन् । शनिवार बाँकी सम्पूर्ण खेल सहित समापन गरिने पोखरा फ़र्निसिङका अध्यक्ष मदन केसीले बताए ।







सम्बन्धित खवर
















