137Shares

पोखरा भ्यूज

पोखरा, १३ पुस । पोखरामा सुरु भएको अन्तर लायन्स फुटसल प्रतियोगितामा डिजी टिम विजयी भएको लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतका क्लबहरू लायन्स क्लब अफ पोखरा फर्निसिङ र पोखरा प्रोफेशनलको संयुक्त आयोजनामा संचालित उद्घाटन सत्रको पहिलो खेलमा आयोजक क्लब मध्येको पोखरा फर्निसिङलाई ५ गोलको अन्तरले पराजित गरेको हो डिजी टिमबाट गोल गर्नेमा लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट कोअर्डिनेटरद्वय युवराज खनालले गोल सुदीपराज ढ़ुङगानाले गोल गर्न सफल भएका थिए भने आयोजक क्लब फर्निसिङका तर्फबाट राजु कार्की शिब अधिकारीले / गोल फ़र्काएका थिए ।     डिजीटिमबाट मैदानमा उत्रेका खेलाड़ीमा डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना, क्याविनेट सेक्रेटरी महेश पाण्डे, डिष्ट्रिक्ट कोअर्डिनेटरहरू ऋषि गिरी, सुदीपराज ढुङगाना युवराज खनाल रहेका थिए पोखरा फर्निसिङबाट शिवराज अधिकारी, मदन केसी, रामचन्द्र खड़का, रहमोहन सुवेदी, होमबहादुर अधिकारी, अर्जुन सुबेदी, राजु कार्की देवेन्द्र केसी रहेका थिए

लायन्सहरू बिच आपसी भाईचारा, एकता सहकार्यका लागि संचालित प्रतियोगितामा १६ टिमले सहभागिता जनाएका छन् । शनिवार बाँकी सम्पूर्ण खेल सहित समापन गरिने पोखरा फ़र्निसिङका अध्यक्ष मदन केसीले बताए ।

137Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected