२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

चन्द्रसूर्य टोल विकास संस्थाको अध्यक्षमा-लालु

पोखरा भ्यूज
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ स्थित चन्द्र सूर्य टोल विकास संस्थाको चौथो साधारण सभा एवम् तेश्रो अधिवेशनले लालुप्रसाद उपाध्याय(पौडेल) को अध्यक्षतामा ११ सदस्यी नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ ।
समितिको उपाध्यक्ष कमलप्रसाद आचार्य, सचिव प्रेम रेग्मी, कोषाध्यक्ष आशा भण्डारी, सह-कोषाध्यक्षमा कालिप्रसाद देवकोटा र सदस्यहरुमा गायत्री अर्याल, पार्वती ढुङ्गाना,बलराम सापकोटा,संगीता प्रधान र सरास्वती न्यौपाने चयन भएका छन्।
कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १७ का वडासदस्य विक्रम गुरुङले अधिवेशनको उद्घाटन गर्दै वडाको दक्षिण मागमा रहेको यस वस्तिमा खानेपानी, सडक र ढल निकासलाई प्राथमिकता दिंदै आएको जानकारी दिए । स्थानीय वासिन्दाको सकृयता सहभागितामा हुने विकास निर्माण तोकिएको समयमा सम्पन्न हुँनुको साथै गुणस्तरीय हुने विश्वास व्यक्त गर्दै उहाँले वस्ति विकासको क्रममा रहेको यस वडामा ५६ वटा टोल विकास संस्था कृयाशिल रहेको बताए ।
सञ्चारकर्मी हरि बास्तोलाले पोखराको अधिकांश वडाको ढल निकासको रुपमा रहेको यस वडाको सरसफाई लगायत समग्र विकास निर्माणमा महानगको बिशेष ध्यान पुग्नु पर्ने आवश्यकता औल्याए ।
कार्यक्रममा उक्त टोल विकास संस्थाका जेष्ठनागरिक ९२ बर्षिय सुनकुमारी बोहोरालाई दोसल्ला र सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।
संस्थाका अध्यक्ष रामप्रसाद सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा रामेश्वरमार्ग टोल सुधार समितिका अध्यक्ष लिलाप्रसाद पगेनी,सल्लाहकार ऋषिराम भण्डारी र धर्मराज पौडेल, विरुवा टोलविकास संस्थाका अध्यक्ष सालिग्राम भण्डारी, प्रेमकुमार रेग्मी,विकासशिल महिला समुहका शोभा ढुङ्गाना र कोषाध्यक्ष प्रेमकुमार रेग्मी लगायतले विकास निर्माणमा टोल विकास संस्थाले खेल्दै आएको भूमिकाबारे चर्चा गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…