
पोखरा भ्यूज
पोखरा । पोखरामा सम्पन्न अन्तर लायन्स फुटसल प्रतियोगिताको उपाधी लायन्स क्लब अफ पोखरा अभियानले चुमेको छ । अभियानले आयोजक मध्येको क्लब लायन्स क्लब अफ पोखरा प्रोफेशनललाई ७–२ को फराकिलो गोल अन्तरले पराजित गर्दै उपाधी चुमेको हो ।
खेलमा बिजेताले हुनेले ५५ हजार ५ सय ५५ र उप-बिजेताले २२ हजार २ सय २२ नगद सहित ट्रफी मेडल प्राप्त गरेका छन् । कार्यक्रममा प्रथम हुने पोखरा अभियानले उपाधी लिएपछि सहयोग स्वरूप आयोजकलाई २० हजार रूपैया प्रदान गरेको थियो ।
प्रतियोगितामा म्यान अफ दी म्याच, बेस्ट गोल किपर, बेस्ट प्लेयर, हाई स्कोलरमा क्रमशः अभियानका रोशन सुनार, आईटी बिकास गुरूङ, अभियानका अंजन देवकोटा र प्रोफेशनलका रूपेश पौडेल हुन सफल भएका थिए । उनिहरूले नगद २/२ हजार सहित मेडल प्राप्त गरेका थिए ।
शनिबार सम्पन्न सिक्स ए साइड फुटसलको सेमीफ़ाईनल खेल प्रोफेशनल–आई टी र अभियान – मर्दी बिच सम्पन्न भएको थियो ।
लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतका क्लबहरू क्लब लायन्स क्लब अफ पोखरा फर्निसिङ र पोखरा प्रोफेशनलको संयुक्त आयोजनामा सुक्रवार र शनिवार गरी दुई दिन संचालित प्रतियोगितामा १६ टिमले नाम दर्ता गराएका थिए ।
लायन्सहरू बिच आपसी भाईचारा, एकता र सहकार्यका लागि संचालित सिक्स ए साईड फुटसल प्रतियोगिताका बिजेता उपविजेतालाई समापन समारोहका प्रमुख अतिथि लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुङगाना, क्लबका रिजन चेयरपर्सन सुशील पौडेल, आयोजक क्लब फ़र्निसिङका अध्यक्ष मदन केसी, प्रोफ़ेसनलका अध्यक्ष शोभाकान्त पौडेल लगायतले पुरस्कार वितरण गरेका थिए ।







सम्बन्धित खवर















