२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
सहकारी

अन्नपूर्ण सहकारीका नव निर्वाचित सञ्चालक समितिको पदस्थापन

पोखरा भ्यूज

पोखरा, १५ पुस । अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्थाका नव निर्वाचित सञ्चालक समितिको पदस्थापन सम्पन्न भएको छ । शनिवार नव निर्वाचित सञ्चालक समिति र लेखा समितिका पदाधिकारी तथा सदस्यहरुले आइतवार पोखरा-१, हरिचोक स्थित सहकारीको कार्यालयमा पदस्थापन गरेका छन् ।

निर्वाचन समितिका संयोजक बिष्णुप्रसाद अधिकारीले सञ्चालक समिति र लेखा समितिलाई पदस्थापन गराई निर्वाचन पुस्तिका हस्तान्तरण गरेका थिए । पदस्थापन कार्यक्रममा निर्वाचन समितिका संयोजक अधिकारीले नया सञ्चालक समिति र लेखासमितिका पदाधिकारी तथा सदस्यहरुलाई वधाई ज्ञापन गर्दै सहकारीलाई मुनाफासंगै सामाजिक न्याय स्थापित गर्ने गरी काम गर्न सुझाव दिएका थिए । निर्वाचन समितिका सदस्य टंकराज अधिकारीले सहकारीको मर्म, भावना, लक्ष्य र उदेश्य अनुसार सहकारी संचालन गर्न जोड दिए ।

नयाँ पदस्थापित सहकारीका अध्यक्ष इन्द्रप्रसाद पौडेलले सहकारी स्थापनादेखि हालसम्मको अवस्थामा ल्याउन थुप्रै चुनौतीहरुको सामना गर्नु परेको स्मरण गर्दै आगामी दिनमा थप प्रभावकारी बनाउदै सञ्चालक समितिले सबैसँग सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्वता व्यक्त गरे । उनले सहकारीको सञ्चालक समिति र लेखासमितिले आ–आफ्नो जिम्मेवारी अनुसार प्रतिवद्ध भएर शेयर सदस्यहरूको भरोसाको केन्द्रका रुपमा विस्तार गर्ने प्रतिवद्धता पनि व्यक्त गरे।   लेखा समितिका संयोजक जनकराज पौडेलले लेखा समितिको भूमिकालाई थप प्रभावकारी बनाउँदै अझै सक्रिय रहने प्रतिवद्धता व्यक्त गरे ।

सहकारीको पुस १४ गते शनिवार सम्पन्न १२औं वार्षिक साधारणसभाबाट इन्द्रप्रसाद पौडेलको नेतृत्वमा ११ सदस्यीय सञ्चालक समिति र जनकराज पौडेल संयोजक रहेको ३ सदस्यीय लेखा सुपरिवेक्षण समिति सर्वसम्मत निर्वाचित गरेको थियो ।

समितिको उपाध्यक्षमा मनपती अधिकारी, सचिवमा बाबुराम भण्डारी, सह–सचिव लक्ष्मी अधिकारी र कोषाध्यक्षमा सरिता सुबेदी भण्डारी रहेका छन् ।

त्यसैगरि, सदस्यहरुमा दुर्गा प्रसाद पौडेल, कृष्णप्रसाद दाहाल (ठुल दाई) नवराज अधिकारी, शान्ती गुरूङ, बिष्णुहरि भुगाई, खगराज अधिकारी साथै, लेखा समिति सदस्यहरुमा कृष्णराज अधिकारी र रामेश्वर पौडेल सर्वसम्मत निर्वाचित भएका थिए ।

Read more

संकटको समयमा उदाहरणीय पहल : विशाल सहकारीले सार्वजनिक गर्‍यो नयाँ नीति

पोखरा, असार २१ — देशभर अधिकांश बचत तथा ऋण सहकारी संस्था विभिन्न समस्या र संकटबाट गुज्रिरहेका बेला गण्डकी प्रदेशकै उत्कृष्ट सहकारीका रूपमा परिचित विशाल बचत तथा ऋण सहकारी…

उज्वल सहकारीको १८औँ साधारण सभा तथा छैटौँ अधिवेशन सम्पन्न, नरेन्द्र बास्तोला पुनः अध्यक्षमा निर्वाचित

पोखरा । उज्वल बचत तथा ऋण सहकारी संस्था लि., पोखराको १८औँ वार्षिक साधारण सभा तथा छैटौँ अधिवेशन बुधबार सम्पन्न भएको छ। अधिवेशनबाट आगामी कार्यकालका लागि ९ सदस्यीय सञ्चालक…

मसिना पर्यटन सहकारीको १३औँ साधारण सभा सम्पन्न, प्रकाशचन्द्र पागल पुनः अध्यक्षमा चयन

लेखनाथ। पोखरा महानगरपालिका वडा नं. ३२ स्थित मसिना पर्यटन बचत तथा ऋण सहकारी संस्था लि. को १३औँ वार्षिक साधारण सभा तथा पाँचौँ अधिवेशन सम्पन्न भएको छ। कास्कीको प्रवेशद्वारमा…

जनता सहकारीको रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन

लेखनाथ। पोखरा महानगरपालिका वडा नं. ३० पावरहाउसमा रहेको जनता बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ४६ युनिट रगत संकलन गरिएको छ । हरेक…

कर्मचारी बचत तथा ऋण सहकारीको अध्यक्षमा पदमबहादुर घिमिरे निर्वाचित

पोखरा। कर्मचारी बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारण सभा तथा छैटौं अधिवेशनले पदमबहादुर घिमिरेलाई सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित गरेको छ। निर्वाचन समितिका संयोजक रामजीप्रसाद कोइरालाका…

अन्नपूर्ण बचत तथा ऋण सहकारीको १४औं साधारण सभा सम्पन्न

पोखरा। पोखरा–१, मिरुवास्थित मुख्य कार्यालयबाट सेवा दिँदै आएको अन्नपूर्ण बचत तथा ऋण सहकारी संस्था लि. को १४औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। सभाको अध्यक्षता संस्थाका अध्यक्ष इन्द्रप्रसाद…