२०८३ कार्तिक २२, आइतबार Sunday, November 8, 2026
खबर

ॐ शिवशक्ती कल्याणी बाल आश्रममा खाध्यान्न तथा न्यानो कपडा वितरण

पोखरा भ्यूज

पोखरा । लायन्स क्लब अफ पोखरा अर्पणले ॐ शिवशक्ती कल्याणी बाल आश्रममा खाध्यान्न तथा न्यानो कपडा वितरण गरेको छ । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गतको महिला मात्र सदस्य रहेको क्लब पोखरा अर्पणले पोखरा-१९, लामाचौरस्थित आश्रममा खाध्यान्न सहित न्यानो कपडा वितरण गरेको हो ।

क्लबका अध्यक्ष उर्मिला बस्नेतको अध्यक्षता, पोखारा- १९ का वडा सदस्य दुर्गा बस्नेतको प्रमुख आतिथ्यता र डिष्ट्रिक्ट ३२५ आई नेपालका रिजन चेयरपर्सन रेश्मा शेरचन अधिकारीको बिशेष उपस्थितिमा सम्पन्न क़ार्यक्रममा बोल्दै वडासदस्य बस्नेतले असहाय, दिनदुःखीको दुःख पीडामा मलम बन्ने गरेको लायन्सले लक्षित वर्गको लागि गरिने सेवा अत्यन्तै सफल भएको धारण व्यक्त गरेकी थिईन् ।

सहयोग सामग्री ग्रहण गर्दै आश्रमका संरक्षक भवानी थापाले सस्थाको गतिविधि बारे प्रस्तुत गर्दै गरिब, विपन्न, असाहय १४ जना बालबालिका आश्रममा आस्रित रहेको बताईन् । थापाको भनाई अनुसार उनिहरू स्थानीय इन्द्र राज्य मा. बि.को विभिन्न कक्षामा अध्ययनरत छन् ।
क्लबका सचिव कल्पना भण्डारीको संचालन तृतीय उपाध्यक्ष सबिता सापकोटाको स्वागत मन्तव्य रहेको कार्यक्रममा लायन्स क्लब पोखरा पिस टाउनका अध्यक्ष केसी माया नेपाली, स्टार ग्लोरीका अध्यक्ष संगीता पाण्डे, आदर्श चौतारीका अध्यक्ष दामोदर आचार्य,  क्लबका पदाधिकारी एवं सदस्यहरूको उपस्थिति रहेको थियो ।

Read more

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…

कांग्रेस वडा नं. ७ द्वारा शुभकामना आदानप्रदान तथा महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई सम्मान

पोखरा । नेपाली कांग्रेस पोखरा महानगरपालिका वडा नं. ७ वडा कार्यसमितिले विजयादशमी, शुभ दीपावली, नेपाल संवत् तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ। सोही अवसरमा…