
6Shares
पोखरा भ्यूज
पोखरा । अधिकृत बिक्रेता संघ पोखराको १७औं साधारण सभा तथा ९औं अधिवेशनले मनोजकुमार श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्यसमेत रहेका उनी यसअघि अधिकृत बिक्रेता संघको वरिष्ठ उपाध्यक्ष थिए ।
यस्तै, संघको वरिष्ठ उपाध्यक्षमा तेजेन्द्र पौडेल, उपाध्यक्षमा रवी सापकोटा, महासचिवमा दिलिपकुमार श्रेष्ठ, सचिवमा देवेन्सन प्रजु, कोषाध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठ र सहकोषाध्यक्षमा ज्ञानेन्द्र गौतम सर्वसम्मत निर्वाचित भएका छन् ।

संस्थाको कार्यसमिति सदस्य पदमा नवराज अधिकारी, वीजेन्द्र शर्मा पौडेल, विनय राजभण्डारी र भेषराजचापागाईं निर्वाचित भएका छन् ।
6Shares







© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले
जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।
सम्बन्धित खवर
















