२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
अर्थ र वाणिज्य

पोखरामा उपभोक्ता हित संरक्षणबारे चर्चा : अपराध सिकाउने गुरु नै व्यवसायीका नेता-कोइराला

पोखरा भ्यूज

पोखरा, २५ पुस । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकीका संस्थापक अध्यक्ष संजिवबहादुर कोइरालाले केही ठूला व्यवसायीहरु नै नीतिगत भ्रष्टाचारमा संलग्न हुने गरेको बताएका छन् । यो प्रवृत्तिबाट नेपाल उद्योग वाणिज्य महासंघकै नेताहरु पनि अछुतो नरहेको पनि उनले स्वीकारे ।
‘अपराध गर्नेहरु नै ठूला व्यवसायी छन्,गुरु नै व्यापारीका नेताहरु हुन्,’ नेपाल सरकारको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बुधबार गण्डकी प्रदेशका उद्योग वाणिज्य संघका पदाधिकारीहरुसँग राखेको अन्तक्र्रिया कार्यक्रममा बोल्दै उनले भने,‘हुन त हाम्रा कानून पनि त्यस्तै छन् ।’
कार्यक्रमका प्रमुख अतिथिसमेत रहेका कोइरालाले विद्युतीय गाडी आयातको क्रममा कानूनी छिद्र प्रयोग गरी कर छली गरिएको आशंका पनि व्यक्त गरे ।
सरकारले शून्यदेखि सय किलोवाटसम्मका सवारी साधनका लागि अर्थात भन्सार शून्य र अन्तशुल्क १५ प्रतिशत कायम गरेको छ भने  १०० किलोवाटदेखि २०० किलोवाटसम्मका सवारीमा ३० प्रतिशत अन्तःशुल्क कायम गरेको छ । १०० देखि २०० किलोवाटसम्मका सवारीमा सरकारले भन्सार शुल्क पनि ३० प्रतिशत नै लगाएको छ ।
उनले संसदले व्यवसायी तथा उपभोक्तासँग जोडिएका कानून नबनाउँदा पनि समस्या भएको बताए ।
गएको संसदले निजी क्षेत्रसँग सम्बन्धित एउटा पनि कानून पारित नगरेको दृष्टान्त पेश गर्दै उनले भने,‘कति विधेयक पेश भए, कति कानून बने भन्ने प्रष्ट छ । हामीले माननीयज्यूहरुलाई कानून बनाउन पठाएका हौं,उहाँहरु निजी क्षेत्रका समस्याप्रति गम्भीर हुनुहुन्न ।’
व्यवसायीले आन्तरिक राजश्व कार्यालयमा शून्य कारोबार पेश गर्नु भनेको व्यवसाय नभएको प्रमाण भएको तर्क गर्दै त्यस्तोमा किन लेखा परीक्षण चाहियो भन्ने प्रश्न पनि गरे ।
कार्यक्रममा बोल्दै वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक रामप्रसाद पौडेलले निजी क्षेत्रले उठाएका समस्याहरुको समाधान खोजिने प्रतिवद्धता व्यक्त गरे । उपभोक्ता हितसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका उनले उपभोक्ता अधिकार रक्षामा सचेत रहन व्यवसायीसँग आग्रह पनि गरे । अन्तरक्र्रिया कार्यक्रममा विभागका अधिकृतहरु नारायण भट्टराई तथा राजनकुमार भट्टराईले वाणिज्य एवं आपूर्ति क्षेत्रसँग सम्बन्धित विभिन्न प्रावधानबारे प्रस्तुति दिएका थिए ।
कार्यक्रममा नेपाल उद्योग वािणज्य महासंघ गण्डकीका उपाध्यक्ष सूर्यबहादुर भुजेलसहित महिला उद्यमीहरु, विभिन्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अध्यक्ष एवं पदाधिकारी,कार्यसमिति सदस्यहरुको सहभागिता रहेको थियो ।

Read more

गरिमा विकास बैंकको २० प्रतिशत लाभांश पारित, चुक्ता पुँजी ६ अर्ब ६२ करोड पुग्न

पोखरा । गरिमा विकास बैंक लिमिटेडले सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ। बैंकको सोमबार पोखरामा सम्पन्न २०औँ वार्षिक साधारणसभाले १० प्रतिशत बोनस सेयर र…

बजार अनुगमनको नाममा व्यवसायीलाई आतंकित नपार्न पोखरा उद्योग वाणिज्य संघको माग

चाडबाडमा अनुगमन गर्दा निजी क्षेत्रको सहभागिता सुनिश्चित गर्न आग्रह, उपभोक्ता हितविपरीतका गतिविधि नगर्न व्यवसायीलाई पनि सचेत पोखरा, ५ असोज । पोखरा उद्योग वाणिज्य संघले चाडबाडको समयमा बजार अनुगमनका…

निजी क्षेत्रसँग संवाद नगरी सरकार अघि बढ्न खोज्यो : अन्जन श्रेष्ठ

लेखनाथ, ३ असोज । सरकारले निजी क्षेत्रसँग संवाद नगरी एकपक्षीय ढंगले निर्णय गर्न खोजेको भन्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठले असन्तुष्टि जनाएका छन्। सरकारले जोसका साथ…

पोखरा उद्योग वाणिज्य संघमा नेतृत्वको दौड, अध्यक्षमा चार आकांक्षी मैदानमा

पोखरा । पोखराका उद्योगी–व्यवसायीको प्रतिनिधिमूलक संस्था पोखरा उद्योग वाणिज्य संघको आसन्न ३६औँ महाधिवेशनसँगै नेतृत्वका लागि प्रतिस्पर्धा तीव्र बनेको छ। संघको नयाँ नेतृत्व चयनका लागि सोमबार उम्मेदवारी दर्ता सम्पन्न…

वालिङबाट बालुवाटारसम्म गरिमाको आर्थिक यात्रा, बालुवाटारमा नयाँ केन्द्रीय कार्यालय

काठमाडौं । वालिङबाट सुरु भएको गरिमा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत तथा व्यावसायिक यात्रालाई थप विस्तार गर्दै काठमाडौंको बालुवाटारमा नवनिर्मित केन्द्रीय कार्यालय स्थापना गरेको छ। बैंकको नयाँ केन्द्रीय…

पोखरा फाइनान्स र समृद्धि फाइनान्सको मर्जर सम्पन्न, शुक्रबारदेखि एकीकृत कारोबार सुरु

काठमाडौं । पोखरा फाइनान्स लिमिटेड र समृद्धि फाइनान्स कम्पनी लिमिटेडबीचको मर्जर प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ। दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ को नामबाट एकीकृत रूपमा सञ्चालनमा…