२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खेलकुद

टाइगर कप भलिबल : एपिएफ श्रीलंका आर्मी संग पराजित, हेल्प नेपालको पहिलो जित

पोखरा भ्यूज
पोखरा । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी ‘चौथो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०८०‘ मा महिला तर्फ नेपाल पुलिस क्लब, नेपाल आर्मी तथा पुरुषतर्फ श्रीलंका आर्मी टिम र टिप टप हेल्प नेपालले आ–आफ्नो खेल जितेका छन् ।
पोखरा रंगशाला भलिबल प्रशिक्षण केन्द्रमा जारी प्रतियोगितामा महिलातर्फ घरेलु टोली गण्डकी प्रदेश भलिबल संघको महिला भलिबल टोली नेपाल पुलिस क्लब संग सोझो ३–० को सोझो सेटमा पराजित भएको छ ।
तीन जना भारतीय खेलाडीसहित मैदानमा उत्रिएको गण्डकी पहिलो दुई सेट नेपाल पुलिस क्लबलाई २५–१० र २५–०९ ले बुझाउन पुग्यो । नेपाल महिला राष्ट्रिय टोलीकी कप्तान अरुणा शाहीको कप्तानीमा मैदानमा उत्रिएको गण्डकी सुरुका दुई सेट लगातार गुमाउँदै तेश्रो सेटमा केही लयमा फर्किने प्रयास गरेको भए पनि अन्ततः २५–१६  ले पुलिसलाई बुझाउन पुग्यो । खेलमा टाइगर अफ दि म्याच नेपाल पुलिसकी उषा भण्डारी बन्न सफल भइन ।
जित संगै ग्रुप बी अन्तर्गतको पहिलो खेलमा नेपाल पुलिस क्लबले ३ अंक हात पारेको छ । यो संगै नेपाल पुलिस ४ अंकका साथ समुहको शिर्ष स्थानमा रहेको छ । पुलिसले आफ्नो पहिलो खेल एपिएफ क्लब संग ३–१ ले पराजित हुँदै १ अंक हासिल गरेको थियो । समुहमा एपिएफ २ अंकका साथ दोश्रो स्थानमा छ ।
यस्तै महिलातर्फको दोश्रो अ‍ेलमा त्रिभुवन आर्मीले भारतको हरियाणा टिमलाई ३–२ को सेटमा हराएको छ ।  प्रतिस्पर्धात्मक खेलमा पहिलो सेटमा आर्मीले २५–२२ ले आफ्नो पक्षमा पार्न सफल भए पनि दोस्रो सेट भने २०–२५ ले गुमायो । आर्मी तेस्रो सेटमा  हरियाणासँग १८–२५ ले स्तब्ध बन्यो तर चौथो सेटमा आर्मी खेलमा फर्कदै २५–१७ को जित निकाल्यो भने अन्तिम सेटमा १५–१२ को जित निकाल्दै अन्तिम चारको सम्भावना जिवितै राखेको छ । खेलमा नेपाल आर्मीकी सोफिया पुन म्याच अफ दि टाइगर घोषित भइन् ।
यता पुरुषतर्फ पोखरामा जारी टाइगरकप भलिबल प्रतियोगिताको समूह ‘बी’ को खेलमा श्रीलंका आर्मी टिमले बिभागीय क्लब एपिएफलाई ३–१ को सेटमा पराजित गरेको छ ।  पहिलो पटक नेपाल खेल्न आएको पाहुना टोली श्रीलंका आर्मी टोलीले पहिलो सेट २३–२५ को पछि परेको श्रीलंका आर्मी खेलमा फर्किदै लगातार ३ सेट आफ्नो पक्षमा पार्न सफल भयो । श्रीलंका आर्मीले दोस्रो सेट २५–१९ ले  तेस्रो सेट २५–२१ र चौथो सेट २५–१३ ले पुनरगामन गर्दै समुह बि मा ३ अंक हात पारेको छ । खेलमा श्रीलंका आर्मीका खेलाडी सजिथ केनुमारत्ने म्याच अफ दि टाइगर बन्न सफल भए ।
पुरुषतर्फ नै तीन जना पाकिस्तानी खेलाडी सम्मिलित टिप टप हेल्प नेपाल स्पोर्टस क्लब र विभागिय टोली त्रिभुबन आर्मी क्लब बिचको खेलमा हेल्प नेपालले ३–१ सेटमा आफ्नो पहिलो खेल जित्दै २ अंक हात पारेको छ । पहिलो दुई सेट २५–१८ र २५–२० ले जितेको हेल्प नेपालले तेश्रो सेटमा नेपाल आर्मी खेलमा पुनरागमन गर्दै २५–२३ ले जित्यो तर चौथो सेट २५–२० ले हेल्प नेपाललाई सुम्पियो । खेलमा टिप टप हेल्प नेपालका माझर अली टाइगर अफ दि म्याच बनेका छन् ।
लिग कम नक आउटका आधारमा जारी प्रतियोगिताको महिलातर्फ समूह ‘ए’ मा एपिएफ, गण्डकी र पुलिस रहेका छन् । यस्तै समूह ‘बी’ मा त्रिभुवन आर्मी, चन्द्रगिरी नगरपालिका न्यु डायमण्ड र हरियाणा टिम भारत रहेका छन् । पुरुषतर्फको समूह ‘ए’ मा गण्डकी प्रदेश, त्रिभुवन आर्मी र हेल्प नेपाल स्पोर्र्टस क्लब तथा समूह ‘बी’ मा एपिएफ, नेपाल पुलिस र श्रीलंका आर्मी टिम रहेका छन् ।
प्रतियोगितामा महिला तथा पुरुषतर्फ उपाधि बिजेता टिमले ट्रफी, मेडल तथा प्रमाणपत्रसहित समान नगद रु ५ लाख ५५ हजार ५ सय ५५ र उपविजेता टिमले समान नगद रु २ लाख ५५ हजार ५ सय ५५ तथा तेश्रो हुने टिमले १ लाख २५ हजार ५ सय ५५ प्राप्त गर्नेछन् । उत्कृष्ट महिला तथा पुरुष खेलाडीहरुले जनही नगद २५–२५ हजार र अन्य विद्यागत रुपमा उत्कृष्ट हुने खेलाडीहरुले करिब १५–१५ हजार बराबरको गिफ्ट ह्याम्पर प्राप्त गर्ने आयोजकले जनाएको छ ।
प्रतियोगिता अन्तर्गत बुधबार लिग चरणका खेलहरु जारी रहनेछन् । खेल तालिका अनुसार महिलातर्फ एपिएफ क्लब र गण्डकी प्रदेशका बिच हुने छ भने दोश्रो खेलमा चन्द्रागिरी नगरपालिका न्यू डायमण्ड क्लबले हरियाणा पुलिस क्लबको सामना गर्नेछ । यस्तै पुरुषतर्फ नेपाल पुलिस क्लब र श्रीलंका आर्मी टिमका बिच तथा दोश्रो खेल हेल्प नेपाल स्पोर्टस क्लब र गण्डकी प्रदेश भलिबल संघका बिच हुने टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले जनाएका छन् ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…