13Shares

पोखरा भ्यूज

लमजुङ योगी डा.बिकासानन्दले संसारलाई बदल्नका लागि सुरुवात आफैबाट थाल्नुपर्ने बताएका छन् । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको लमजुङमा सम्पन्न तेस्रो क्याविनेट बैठकलाई सम्बोधन गर्दै योगी बिकासानन्दले उक्त कुरा बताएका हुन् की नोट स्पीकर समेत रहेका योगीले मानिसहरु मानसिक, शारीरिक सम्बन्धलाई सुमधुर बनाउने सम्पत्ति आर्जन गर्ने ध्यानमा सबै समय विताइरहेको ती कुराहरु प्राप्त नर्गदा सधैदुखी हुने गरेको बताएका थिए

लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको अध्यक्षता लायन्स अन्तर्राष्ट्रियका एलसिआईएफ एरिया लिडर राजन लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा योगी डा.बिकासानन्द लोक दोहरी गायक राजु परियारलाई सम्मान गरिएको थियो

कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर केसीले सामाजिक कार्यमा उत्कृष्ट कार्य गर्ने क्लबका अध्यक्ष एवं पदाधिकारी सहित डिष्ट्रिक्टका पदाधिकारीलाई गभर्नर मेडल तथा प्रशंशापत्र प्रदान हरि सम्मान गरिएको थियो ।              

लायन्स अन्तर्राष्ट्रियको नियम अनुसार प्रत्येक / महिनामा डिष्ट्रिक्टको क्याबिनेट बैठक सम्पन्न हुने गर्दछ , हरेक बैठकमा उक्त अवधिमा भएका कार्यहरुको समीक्षा गर्दै आगामी महिनाका लागि योजना निमार्ण गर्ने गरिन्छ

कार्यक्रममा लायन्स डिष्ट्रिक्ट ३२५ एच नेपालका डिष्ट्रिक्ट गभर्नर शम्भुराम थापा, डिष्ट्रिक्ट ३२५ आई नेपालका पूर्व डिष्ट्रिक्ट गभर्नरहरु मनबहादुर रोका, रामबहादुर बसेल, इन्दु लम्साल, डिष्ट्रिक्टका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नरद्वय  बिनोद ढुङगाना पार्वती खरेल लगाएतले सम्बोधन गरेका थिए

डिष्ट्रिक्ट ३२५ आई नेपालका क्याविनेट सेक्रेटरी महेश पाण्डेका अनुसार सो क्याबिनेट बैठकमा हजार जना लायनहरुको सहभागिता रहेको थियो

लायन्सको डिष्ट्रिक्ट ३२५ आई नेपालले काठमाडौं हुँदै काभ्रे, नुवाकोट हुँदै पश्चिम गण्डकी धवलागिरी क्षेत्र ओगटेको

लमजुङस्थित चार वटा लायन्स क्लवहरूलायन्स क्लब अफ लमजुङ बेसीशहर, टुगेदर वि क्यान, लमजुङदरबार लमजुङ ग्लोवल सिटीको संयुक्त व्यवस्थापनमा उक्त क्याविनेट बैठक सम्पन्न भएको हो

13Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected