२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

गुप्तेश्वर क्याम्पसमा एकरोड छ लाखको अक्षयकोष

पोखरा भ्यूज
पोखरा । पोखरा महानगरपालिका वडा नं. १७ छोरेपाटनस्थित गुप्तेश्वर महादेव वहुमुखी क्याम्पसमा एक करोड छ लाख ८७ हजार ४८५ रुपैया बराबरको अक्षयकोष स्थापना भएको छ ।
क्याम्पसको १६ औं बार्षिकोत्सव समारोहमा स्थानीय समाजसेवी हरिप्रसाद लम्साल र सुमित्रा लम्साल दम्पत्तिले पुर्खाको सम्झनामा टिकाराम लम्साल स्मृति गरिव तथा जेहेन्दार छात्रवृत्ति अक्षयकोष स्थापनार्थ एक लाख ११ हजार १११ रुपैया बराबरको चेक हस्तान्तरण गरेसंगै अक्षयकोषको रकममा बृद्धि भएको हो ।
यस अघि गुप्तेश्वर गुफा महादेव अक्षयकोष एक करोड, इन्द्रेणी बचत तथा ऋण सहकारी संस्थाको ५० हजार, प्रा.डा. भुपति ढकाल(कमल) पुर्खाहरुको स्मृतिमा रु.दुई लाख २२ हजार, २२२, खगराज कला साहित्य उत्थान अक्षयकोष एक लाख एक हजार, लिलाकुमारी अक्षयकोष एक लाख, लक्ष्मी पौडेल जेहेन्दार तथा गरिब छात्रवृत्ति अक्षयकोष ५२ हजार, धर्मकला पौडेल स्मृति अक्षयकोष रु.५१ हजार १५१ प्रदान गरिसकेका छन् ।
त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. शिवलाल भुसालले अधिवेशनको उद्घाटन गर्दै शैक्षिक क्षेत्रमा समुदाय र सामाजिक व्यक्तित्वको अतुलनीय योगदान रहदै आएको बताए ।
गुणस्तरीय शिक्षा र सिपयुक्त जनशक्ति उत्पादन भएपनि मुलुकमा रोजगारीको अवसर प्राप्त गर्न नसक्दा शैक्षिक एवम् दक्ष्य युवाशक्ति विदेशीन बाध्य भएको बताउँदै उहाँले त्यसका लागि तीनै तहका सरकार जिम्मेवार भएर अघि बढ्नु पर्ने आवश्यकता औल्याए ।
त्रिविविले अन्तिम सेमेस्टरको परिक्षा एवम् रिजल्ट क्यालेण्डरका आधारमा प्रकाशित गर्दै आएको बताउँदै उपकुलपति भुसालले विदेशी शैक्षिक संस्थालाई जथाभावि सम्वन्धन प्रदान गरेको कारण सामुदायिक क्याम्पसमा विद्यार्थीको आकर्षण घटेको स्पष्ट पारे ।
गण्डकी प्रदेश सभा सदस्यव्दय भिमबहादुर कार्की र प्रकाश बरालले मुलुक र समाजको आवश्यकतासंगै विश्व बजारको आवश्यकता अनुसारको गुणस्तरीय शिक्षामा जोड दिनुपर्ने आवश्यकता औल्याए ।
क्याम्पस सञ्चालनमा अतुलनीय योगदान पुर्‍याउने व्यक्तित्वहरुलाई सम्मानपत्र र दोसल्लाले सम्मान गरिएको कार्यक्रममा विभिन्न संकायमा अध्ययनरत ८८ जना विद्यार्थीलाई पूणर् र आंशिक छात्रवृत्ति वितरण गरिएको थियो ।
शिक्षाशास्त्र संङकाय स्नातक तह(बीएड), व्यवस्थापन(विविएस), स्नातकोत्तर तह( एम्बीएस), बीएचएम र बीआइएमका कक्षा सञ्चालनमा त्रिविविबाट सम्बन्धन प्राप्त यस क्याम्पसमा हाल नौसय भन्दा बढी विद्यार्थीमध्ये ७३ प्रतिशत छात्रा अध्ययनरत रहेको क्याम्पस प्रमुख धर्मराज बरालले प्रस्तुत गर्नुभएको बार्षिक प्रतिवेदनमा उल्लेख छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष श्रीराम सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा त्रिविविका डिन प्रा.डा. डिल्लीराज सुवेदी, त्रिविवि अनुसन्धान निर्देशनालयका निर्देशक सहप्राध्यापक विष्णुप्रसाद खनाल,कार्यवाहक वडा अध्यक्ष विक्रम गुरुङ, नेकपा एमालेका ऋषभ तिमिला, कांग्रेसका देवीप्रसाद आचार्य, माओवादीका शालिग्राम देवकोटा, भविष्य निर्माण मावि व्यवस्थापन समिति अध्यक्ष कमल भुजेल, सिर्जनशिल विद्यार्थी मञ्चका अध्यक्ष शिवम शाही ठकुरी, लगायतले शैक्षिक क्षेत्रमा क्याम्पसले पुर्‍याउँदै आएको योगदानका बारेमा प्रकाश पारेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…