२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

भाषा संघ नेपालको अध्यक्षमा भान्साकार्य

पोखरा भ्यूज

पोखरा । भाषा संघ नेपालको आठौं साधारण सभा एवं पाँचौं अधिवेशनले सृजन भान्साकार्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । मंगलवार सम्पन्न अधिवेशनले समितिको प्रथम उपाध्यक्षमा मोती प्रसाद श्रेष्ठ, द्वितीय उपाध्यक्षमा सबिता शेरचन चयन भएका छन् भने महासचिवमा बालकृष्ण शर्मा, सचिवमा सबिन गौतम र कोषाध्यक्षमा कृष्णप्रसाद आचार्य सर्वसम्मत चयन भएका छन् ।

त्यसैगरी समितिको सदस्यहरुमा पूर्णकुमारी गुरुङ, लक्ष्मण पहारी, शंकरलाल श्रेष्ठ र पूर्ण गुरूङ चयन भएका निर्वाचन अधिकृत इबिन्द्रराज तिवारीले जानकारी दिए ।

भाषा संघ नेपालका अध्यक्ष पूर्णचन्द्र न्यौपानेको अध्यक्षता जाईका नेपालमा लामो समय काम गरेका पोखरा मत्स्य पालन परियोजनाका पूर्व एक्वाकल्चर विशेषज्ञ वादा मासाओको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा इक्यानका केन्द्रिय उपाध्यक्ष भुवन क्षेत्री, इक्यान कास्कीका अध्यक्ष रमेश थापा, भाषा संघ नेपालका पूर्व अध्यक्ष प्रकाशकुमार श्रेष्ठ लगाएतले वैदेशिक शिक्षामा देखिएका बेथिति बारेमा आ–आफ्ना अनुभव शेयर गरेका थिए ।

भाषा संघ नेपालका संस्थापक अध्यक्ष युवराज खनालले संस्थाले गरेका हालसम्मका प्रगति तथा भावी चुनौती बारे आफ्नो राय प्रस्तुत गरेका थिए ।

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…