2Shares

पोखरा भ्यूज

पोखरा पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा जनता भन्दा ठूलो शक्ति अरू कोही नभएको बताएका छन् नेपाली कांग्रेस कास्कीको जिल्ला सम्मेलन उद्घाटन समारोहमा बोल्दै सभापति देउवाले मुलुकमा जनता भन्दा ठूलो शक्ति अरू कोही नभएको उल्लेख गर्दै जनता नै देशको मालिक भएको बताएका हुन् ।                

सभापति देउवाले नेपालको संविधान विश्वमै समावेशी भएको यसले सबै वर्ग समुदायको समावेशिताको व्यवस्था सुनिश्चित गरेको बताए । 

जिल्ला सम्मेलनमा बोल्ने अधिकांश बक्ताको भनाई चुनावमा गठबन्धन गर्न नहुनेको जवाफमा सभापति देउवाले अहिलेको संविधान अनुसार कुनै पार्टीको बहुमत आउन नसक्ने भएकाले गठबन्धन बनाउनु परेको बाध्यता रहेको बताए । उनले गठबन्धन नगरीकन चुनाव जित्ने गरी पार्टी बनाउन सबैलाई आग्रह गर्दै विरोध गरेर पार्टी नबन्ने बताए । जनताको मन जित्ने काम गर्न सबै कार्यकर्तालाई आग्रह गर्दै जसले जनताको सेवा गर्छ मन जित्छ उसैले चुनाव जित्ने उनको भनाई रहेको थियो 

सम्मेलनमा नेपाली कांग्रेसका पूर्व महामन्त्री डा. शशांक कोईरालाले नेपाली कांग्रेसको हरेक आन्दोलनमा महिलाको भूमिका अहम् रहेको बताउँदै महिलाहरुको सम्मान गरी चुनावमा ३३ प्रतिशतबाट ५० प्रतिशत बनाउनु पर्ने बताए । उनले महिलालाई प्रतिशतको कुरा गरेर अपमान गर्नु हुँदैन पनि भन्दै अवसर प्राथमिकता दिएर महिलाहरुको सम्मान गरे मात्रै नेपाली कांग्रेसको भलो हुने कुरामा जोड दिएका थिए

कार्यक्रममा नेपाली काँग्रेसका सह-महामन्त्री जीबन परियार, केन्द्रीय सदस्य एब गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डे, अर्का केन्द्रीय सदस्य एबम गण्डकी प्रदेशका उर्जा मन्त्री सरस्वति अर्याल तिवारी, केन्द्रीय सदस्यहरु प्रदिप पौडेल, गोविन्द भट्टराई, गुरु बराल, शारदा पौडेल र उर्मिला थपलिया लगायतले काँग्रेसको संगठन बलियो बनाउन सबै सक्रिय हुनुपर्ने कुरामा जोड दिएका थिए ।

यसैगरी गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा, कास्की काँग्रेसका पूर्व सभापति एब पूर्व मन्त्री यज्ञ बहादुर थापा, गण्डकी प्रदेशका मन्त्री दिपेन्द्र बहादुर थापा, सांसदहरु बिन्दु कुमार थापा, सरस्वती गुरुङ र प्रकाश बराल, कास्की काँग्रेसका उपसभापतिद्वय युबराज कुँवर र राममणि भण्डारी, सदस्य सुदिपमोहन भट्टराई, सचिबद्वय भानु ढकाल र देबेन्द्र रानाभाट, क्षेत्रिय सभापति मनोज गुरुङ, कास्की क्षेत्र नं. २ प्रदेश क का सभापति दिनेश आचार्य, तरुण दलका कास्की जिल्ला उपसभापति दीपक गुरुङ, दिवसमान प्रधानांग र जिल्ला सभापति किशोरदत्त बराल लगाएतले  पनि कार्यक्रममा आफ्नो भनाइ राखेका थिए ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected