6Shares

पोखरा भ्यूज

पोखरा । पोखरामा जारी २३ औं आहा ! रारा पोखरा गोल्डकपमा विभागिय टोली नेपाल आर्मीको त्रिभुवन क्लब क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

सहारा क्लब पोखराद्वारा आयोजित प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा आर्मीले राइजिङ स्टार क्लबलाई १–० गोलले पराजित गर्दै क्वाटर फाइनलको यात्रा तय गरेको हो ।

टिमका लागि एक मात्र गोल टिम कप्तान भरत खवासले गरे । खेलको २७ औं मिनेटमा गोल गरेका भरतको गोल नै खेलको निर्णायक गोल बन्न पुग्यो । निर्णायक गोल गरेका उनी म्यान अफ दि म्याच समेत घोषित भए ।

बिहिबार हुने तेश्रो तेस्रो प्रिक्वाटर खेलमा मच्छिन्द्र क्लब र जावलाखेल क्लब भिड्ने छन् ।

6Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected