
पोखरा भ्यूज
पोखरा । भारतीय पेन्सन क्याम्प पोखराले ७५औं गणतन्त्र दिवस मनाएको छ । सुक्रवार पोखरा रामबजारस्थित भारतीय पेन्सन क्याम्पमा विविध कार्यक्रम गरी आफ्नो ७५ औं गणतन्त्र दिवस मनाएको हो ।
भारतीय पेन्सन क्याम्प पोखराका प्रमुख प्रशान्त सिंह बघेलले भारतीय सरकारले नेपाल र नेपालीका लागि साथै सेवानिवृत्त सैनिकहरूलाई सहयोग गर्ने आफ्नो प्रतिबद्धता दोहोर्याउँदै थप सहयोग गर्ने योजना रहेको धारणा राखेका थिए । भारत सरकारले सेना निवृत्त सैनीक आश्रित परिवारको शिक्षा र स्वाथ्य पहिलो प्राथमिकता रहेको पनि कार्यक्रममा जानकारी दिए ।

विश्वमा फैलदै गएको प्रदुषण र पर्यावरण प्रति चासो राख्दै दुतावासले यो वर्षलाई स्वस्छता हस्ताक्षर अभियान वर्षका रुपमा पनि संचालन गरेको छ । विकास संरचामा मात्रै आधारित नभई मानव विकास र स्वस्थ्य वातावरणमा हुर्कन र रम्न पाउने अधिकार पनि विकास भएको भन्दै यो अभियानमा सहभागि हुन सवैलाई अनुरोध पनि गरे । उनले भारत सरकारको यो कदम भारतीय जनतामा मात्रै केन्द्रित नभई विश्वभर नै सवै सचेत हुन पनि प्रमुख बघेलले अनुरोध थियो ।
क्याम्पले नेपालमा बसोबास गरिरहेका भूतपूर्व सैनिकहरुका लागि भारत सरकारको कल्याणकारी पहलहरू समावेश गरिएको भूपू–२०२४ पत्रिकाको लोकार्पण पनि गर्यो । सो अवसरमै क्याम्पले भारतको ७५औँ गणतन्त्र दिवसको अवसरमा सरोकारवाला विद्यार्थीहरुलाई एमविविएस तथा स्कुल स्तरको अध्यनका लागि आवस्यक छात्रवृद्धि वितरण गरेको थियो ।

कार्यक्रममा नेपाल भारत मैत्री विद्यालय पोखराका विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम समेत प्रस्तुति प्रस्तुत गरेका थिए । सन् १९५० मा आजकै दिन (जनवरी २६) मा भारत गणतन्त्र घोषित भएको थियो । ब्रिटिस उपनिवेशबाट १९४७ को अगस्ट १५ मा स्वतन्त्र भएको भारतमा सन् १९५० को जनवरी २६ मा नयाँ संविधान जारी भएसँगै भारत सार्वभौम, लोकतान्त्रिक र गणतन्त्रात्मक राष्ट्र घोषित भएको थियो । भारतको संविधानसभाले १९४९ को नोभेम्बर २६ मा अपनाएको संविधानले ‘भारत सरकार ऐन–१९३५’ लाई विस्थापित गरेसँगै भारत गणतन्त्रको युगमा प्रवेश गरेको हो । त्यसयता भारतले हरेक वर्ष जनवरी २६ लाई गणतन्त्र दिवसका अवसरमा मनाउँदै आएको छ। राजेन्द्र प्रसाद भारतको पहिलो राष्ट्रपति हुन् ।











