5Shares

पोखरा भ्यूज
१२ माघ, पोखरा । पोखरा भ्यूज डटकमका कार्यकारी सम्पादक टंकराज अधिकारी सहित पोखरामा सात पत्रकार विभिन्न पुरस्कारबाट पुरस्कृत भएका छन् । कार्यकारी सम्पादक अधिकारी भने आर्थिक पत्रकारिता पुरस्कारबाट सम्मानित भएका हुन्।          

नेपाल पत्रकार महासंघ कास्कीले सञ्चालन गरेको उक्त पुरस्कारबाट अधिकारीसँगै अर्का पत्रकार दिलनाथ वराल पनि सम्मानित भएका छन् ।

पुरस्कारबो राशी २५ हजार नगद, दोसल्ला र प्रमाणत्र रहेको छ । अधिकारी करिब तीन दशक अघि देखि पत्रकाररितामा क्रियाशील रहेका छन् । उनी कामना प्रकाशनको पोखरा व्यूरोमा समेत कार्यरत छन् । बराल भने करिब दुई दशकदेखि पत्रकारितामा क्रियाशील छन् ।

त्यसै गरी पत्रकारद्वय कुलचन्द्र न्यौपनो र ओम हमाल गजेन्द्र भण्डारी स्मृति राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । न्यौपाने कान्तिपुर पब्लिकेशन र हमाल जनसंचार डटकममा कार्यरत छन् ।

त्यस्तै गरी पत्रकारद्वय प्रकाश ढकाल र सन्देश श्रेष्ठ टंकादेवी तुलसीदेवी स्मृति पुरस्कारबाट पुरस्कृत भएका छन् । ढकाल रातोपाटी डटकम र श्रेष्ठ एमरेष्ट एफएमका कार्यरत छन् । त्यसै गरी पत्रकार कृपा भण्डारी जगन्नाथ सिग्देल युवा प्रोतसाहन पुरस्कारबाट पुरस्कृत भएकी छन् ।

नेपाल पत्रकार महासंघ कास्कीले पाँचै जना पत्रकारलाई एकै समारोहमा पुरस्कृत गरेको हो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पुरस्कृत पत्रकारहरुलाई उल्लेखित पुरस्कार प्रदान गर्दै सत्य र तथ्यगत समाचार सम्प्रेषण गर्नपर्नेमा जोड दिएका थिए ।

पाण्डेले पत्रकारिता क्षेत्रलाई मर्यादित बनाउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । सामाजिक सञ्जालमा पोष्टाएको विषयलाई सुचना मानेर समाचार लेखिनु गलत भएको तर्क उनको छ । मुख्यमन्त्री पाण्डेले गण्डकी प्रदेशको मिडिया विधेयक मिडियामैत्री नै आउने बताए । उनले अबको हिउँदे अधिवेशनमा विधेयक पास हुने उल्लेख गरे ।

पत्रकार महासंघ कास्कीकी अध्यक्ष विमला भण्डारीले पत्रकारिता क्षेत्रको श्रीवृद्धिका लागि महासंघ क्रियाशिल रहेको बताइन् । उनले पत्रकार महासंघ कास्कीले प्रदान गर्दै आएको पुरस्कारले पत्रकारितामा लागेकाहरुलाई प्रोत्साहन मिल्ने बताइन् । पत्रकारिता क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्ने बाटोमा महासंघ अग्रसर रहेको उनले उल्लेख गरिन् ।

सम्मानितहरुको तर्फबाट बोल्दै कुलचन्द्र न्यौपानेले पत्रकार महासंघ कास्कीले आफूसहित सात जना पत्रकारलाई सम्मान गर्दा पत्रकारिता क्षेत्रमा अझै क्रियाशिल भएर लाग्न प्रेरित गरेको बताए । पत्रकारिता क्षेत्रमा समस्या भएता पनि यस्ता पत्रकारिताका पुरस्कारबाट पत्रकारलाई सो पेशामा लाग्न प्रेरित गर्ने उनले बताए ।

सम्मानित भएका व्यक्तिहरुको विषयमा पत्रकार महासंघ कास्कीका अध्यक्ष कृष्ण प्रसाद बास्तोलाले सम्मानित सबै पत्रकारको परिचय खुलाएका थिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरे, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य सरिता तिमल्सिना पंगेनी लगायतले बोलेको कार्यक्रममा उपस्थित सबैलाई धन्यवाद महासंघ कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले दिएका थिए भने सचिव माधव बरालले कार्यक्रमको संचालन गरेका थिए ।

5Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected