२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

न्यानो कपड़ा एवं शैक्षिक सामग्री वितरण

पोखरा भ्यूज

पोखरा । तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–१, सिम्लेस्थित एक विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई न्यानोकपडा तथा शैक्षिक सामाग्री वितरण गरिएको छ । लायन्स क्लब अफ पोखरा पिस सिटीको आयोजना जापानी नागरिक केईजी सातोको सहयोगमा श्री जनकल्याण प्राथमिक विद्यालयमा अध्ययरत विद्यार्थीहरुलाई न्यानो कपडा र शैक्षिक सामाग्रीहरु वितरण गरिएको हो ।

आइतवार बिधालय प्रांगणमा आयोजित एक कार्यक्रममा क्लबका अध्यक्ष युवराज खनाल, पूर्व अध्यक्षद्वय टंकराज अधिकारी र अर्जुन सिग्देल, सचिव रविकुमार श्रेष्ठले विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष गोपाल प्रसाद काफ़्ले र प्रधानाध्यापक मदबहादुर कुँवरलाई हस्तान्तरण गरेका छन् ।

सामग्री हस्तान्तरण पश्चात बोल्दै लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका मिडिया एण्ड कम्यूनिकेशन डिष्ट्रिक्ट को–अर्डिनेटर एवं क्लबका पूर्व अध्यक्ष टंकराज अधिकारीले नेपालमा सेवा प्रदायक समाजिक संस्थामा सबैभन्दा ठुलो र फैलिदै गएको संस्थाको लायनवादलाई लिईने बताउदै सामाजिक कार्यका लागि नेपालमा छुट्टै पहिचान बनाएको सामाजिक संस्था लायन्स क्लब भएको बताए । उनले समाज रुपान्तरणमा नेपालका लायन्सहरू निरन्तर संस्थागत रुपमा अघि बढिरहेको पनि जानकारी गराएका थिए ।

क्लबका अध्यक्ष युवराज खनालले सामाजिक उत्तरदायित्व अन्तर्गत जापानी नागरिक केईजी सातोको सहयोगमा क्लबमार्फत उक्त कार्यक्रम गरिएको बताए ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष काफ़्ले र प्रधानाध्यापक कुँवरले आर्थिक रुपमा विपन्न परिवारका बालबालिकालाई न्यायो कपडा र शैक्षिक सामग्री वितरण गरेर लायन्सले निकै उदाहरणीय काम गरेको भन्दै क्लब परिवारलाई धन्यवाद व्यक्त गरेका थिए ।

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…