10Shares

पोखरा भ्यूज

पोखरा । पोखरामा जारी २३ औं सस्करणको आहा रारा पोखरा गोल्डकपमा डिफेन्डिङ च्याम्पियन संकटा फुटबल क्लबलाई पराजित गर्दै आर्मी अन्तिम चारमा प्रवेश गरेको छ ।

प्रतियोगितामा आर्मीले संकटालाई ३–० को गोल अन्तरले पराजित गर्दै सेमीफाइनलमा पुगेको हो । आर्मीको जितमा लागि दिनेश हेमजङ र जिलेप्सीजंग कार्कीले गोल गरे ।

जिलेप्सीजंङ्गले पहिलो हाफको अन्तिममा पहिलो गोल गर्दै आर्मीका लागि गोलको खाता खोले । ४५ औं मिनेटमा कप्तान भरत खवासले दायाँ साइडबाट दिएको क्रसलाई हेडमार्फत गोल गर्न सफल भए ।

त्यस्तै खेलको ४९ औं मिनेटमा दिनेशले टिमका लागि दोश्रो गोल थपे । उनको बल रोक्ने प्रयासमा संकटाका खेलाडी कुलदिप कार्कीले ह्याण्ड गरे पछि आर्मीले पेनाल्टीको अवसर पायो । उक्त पेनाल्टीलाई दिनेशले गोलको रुपमा परिणत गर्दै खेल २–० मा पुर्याए ।

त्यस्तै खेलको ७६ औं मिनेटमा जिलेप्सीजंङ्गको पासमा दिनेशले टिमका लागि तेश्रो र व्यक्तिगत दोश्रो गोल गर्दै टिमलाई सहज रुपमा सेमीफाइनलको यात्रा तय गराए ।

आहा रारा गोल्डकपको इतिहासमा नेपाल आर्मी तिन पटक उपाधि नजिक पुगेको भए पनि उपाधिलाई आत्मसाथ भने गर्न पाएको छैन । सातौं, आठौं र १७ औं संस्करणमा आर्मी तिन पटक उपाधि नजिक पुगेको छ । त्यस्तै ११ औं र १८ औं संस्करणमा आर्मीले अन्तिम चारको यात्रा तय गरेको छ ।

२३ औं सस्करणमा नवप्रवेशी टिम राइजिङ स्टार क्लबलाई पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको आर्मीले अब सेमीफाइनलमा चर्च ब्वाइज र एपिएफ क्लबको बिजेता संग १८ गते खेल्नेछ ।

सोमबार हुने तेश्रो क्वाटरफाइनलमा मनाङ मर्स्याङदी क्लब र जावलाखेल युथ क्लबका बिच हुनेछ । जावलाखेलले मछिन्द्रलाई पराजित गर्दै क्वाटरफाइनलको यात्रा तय गर्दा मनाङ भने बाई पाएर सोझै क्वाटरफाइनल प्रवेश गरेको हो ।

तस्विर पोखरासिटी

10Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected