२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खबर

माघ १८ देखि २७ सम्म पोखरा थिएटरमा धनिरामको गोरू मंचन हुने, आयोजक संस्था पद्मा प्रेम थिएटर

पोखरा भ्यूज

पोखरा । पद्मा प्रेम थिएटरको प्रस्तुतिमा माघ १८ देखि २७ सम्म धनिरामको गोरू मंचन हुने भएको छ । पोखरा थिएटरमा १० दिनमा १२ सो मंचन हुने तयारी गरिएको पत्रकार सम्मेलन मार्फत सोमबार जानकारी गराइएको छ।
प्रत्येक दिन बेलुका ५ बजे नाटक मंचन हुने अध्यक्ष साबित्रा पाठक (सबु) ले जानकारी गराइन । उनका अनुसार शनिबार १ बजे पनि नाटक मंचन गरिनेछ। धनिरामको गोरू हाम्रै समाजकै कथा भएकाले मंचनका लागि रोजाइमा परेको सबुले बताइन । पोखरामा नाटक मंचनलाई बढ्वा दिने उद्देश्य स्वरूप आफू र आफ्नो टीम अगाडि बढेको उनले उल्लेख गरिन ।
नाटककार केदार नाथ पौडेलले धनिरामको गोरू विशुद्ध नेपालीपन कथा भएको उल्लेख गरे । उनले भने ” धनिरामको गोरू आफ्नो पनको कथा हो । ग्रामिण समाज र त्यहाँको किशानको वास्तविक समस्या देखाउनुपर्छ भन्ने उद्देश्यले कथा लेखिएको हो ।” नाटकमा किसानका पीडा र उनीहरुको दैनिकी जीवनयापन, बोलीचाली, व्यवहार र लवज मिसाइएको उनले बताए । समाजमा माया, सम्मान, शत्रु , मित्र सबै हुन्छन् भन्ने भावनालाई उठाइएको छ । पछिल्लो समय बढ्दो प्रविधि रहेको र प्रविधिलाई किसानले पनि प्रयोग गर्नुपर्ने विषयलाई नाटक मार्फत उठाउन खोजिएको छ । प्रविधिको प्रयोग राम्रो सङ्ग नगर्दा के कस्ता समस्या हुन्छन् विषय पनि नाटकमा देखाउन खोजिएको पौडेलले बताए । पौडेलले पोखरेली नाटकलाई माथी उठाउन सबै एक हुनुपर्ने आवश्यक्तालाई औंल्याएका छन् ।
१ घण्टा १५ मिनेटको नाटक धनिरामको गोरू हेर्नका लागि टिकट काट्नुपर्ने छ । ३ सय, ५ सय र एक हजार रुपैयाँको टिकट काटेर मात्र नाटक हेर्न पाइनेछ । विद्यार्थीलाई भने २ सय रुपैयाँ तोकिएको छ । पौडेलले लेखेको नाटकलाई कपिल शर्माले निर्देशन गरेका हुन् ।
नाटकमा दिल प्रसाद गुरुङ प्रमुख पात्र धनिरामको भुमिकामा छन् । नाटकमा गुरुङ सङ्गै विभु प्रसाद भुसाल, साबित्रा पाठक (सबु), ज्योति हमाल, सितला अधिकारी, सुमन कार्की, रामहरी अधिकारी, दिव्य अमृत , अर्जुन गुरुङ, पवन विक, अभिषेक भुसालको अभिनय देख्न पाइनेछ । २०८० भदौ २९ गते स्थापना भएको पद्माप्रेम थिएटरले पहिलो पटक नाटक मंचन गर्न लागेको हो ।

नाट्य विधा मार्फत समाजको मौलिकतालाई जोगाइराख्न पद्माप्रेम थिएटरको उदय भएको हो । एक दशक देखि मिडिया, शिक्षाक्षेत्र र रंगमंचमा चासो राखी सक्रिय रहेका महिलाहरूको संलग्नतामा पद्माप्रेम थिएटरको स्थापना गरिएको जनाइएको छ ।

Read more

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…