14Shares

पोखरा भ्यूज
पोखरा, १५ माघ । शीतलादेवी सामुदायिक माध्यमिक विद्यालयको ५९ औं वार्षिकोत्सव एवम् अभिभावक दिवस एक कार्यक्रमका बीच आज सम्पन्न भएको छ ।
कार्यक्रमको गण्डकी प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक अम्बिकाप्रसाद आचार्यले उद्घाटन गरेका थिए ।
कार्यक्रममा निर्देशक आचार्यले गुणस्तरीय शिक्षाका माध्यमबाट विद्यालयले यस क्षेत्रको शिक्षाको विकासमा पु¥याएको योगदान प्रशंसनीय भएको बताए ।
विद्यालयको शैक्षिक उन्नयनमा शिक्षक, विद्यार्थी तथा अभिभभावकको सामुहिक प्रयास आवश्यक हुनेमा जोड दिदै उनले विद्यार्थी तथा अभिभावकलाई आकर्षित गर्ने किसिमले गुणस्तरीयता अभिबृद्धिमा सामुदायिक विद्यालयहरू लाग्नुपर्ने बताए ।
शिक्षा विकास समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले शिक्षा क्षेत्रमा भएको लगानीको प्रतिफल आउने गरी शैक्षिक संस्थाहरू कृयाशिल बन्नुपर्ने बताए । विद्यालयको शैक्षिक गुणस्तर अभिबृद्धिका लागि सबैको सामुहिक प्रयास आवश्यक हुने उनले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाबहादुर कार्कीले शिक्षकहरूको निरन्तरको प्रयास एवम् अभिभावकको साथ र सहयोगले विद्यालयले शैक्षिक गुणस्तरीयता कायम गर्दै अघि बढ्न सकेको धारणा राखे । शिक्षक दरबन्दीको अभाव जस्ता समस्याको समाधान हुने विश्वास व्यक्त गर्दै उनले गुणस्तरीयतालाई सधैं प्राथमिकतामा राखिएको बताए ।
विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीले स्पष्ट दृष्टिकोण, उद्देश्य, रणनीतिक जिम्मेवारिता, उत्तरदायित्व, सकृय एवम् पूर्ण सिकाई असल विद्यालयको आधार हो भन्नेमा आँफूहरू स्पष्ट भएको धारणा राखे । राष्ट्रले तर्जुमा गरेको पाठ्यक्रमले तोकेका विषयवस्तुमा उद्देश्यमुलक तरिकाले ज्ञान, सिप र धारणामा योग्य र दक्ष हुनुका साथै लगनशीलता, श्रृजनशीलता, सभ्यता, सकृयता, चातुर्य, इमान्दारी, बोलीचालीमा मिठास, बुद्धिबिबेक, अनुशासन, स्वालम्बीपन र व्यवहारिक गुणको विकास गराउनु गुणस्तरीय शिक्षकको मापदण्ड हो भन्नेमा पनि आँफूहरू विश्वस्त रहेको उनको भनाइ छ ।
कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष नगेन्द्रप्रसाद आचार्य, विद्यालय व्यवस्थापन समितिका सदस्य किरण केसी, पोखरा महानगरपालिका वडा नं १२ का वडा अध्यक्ष सन्तोष बास्तोला, विद्यालय व्यवस्थापन महासंघ कास्कीका अध्यक्ष दीपकबहादुर थापा, विद्यालय निरिक्षक कृष्णप्रसाद भण्डारी, कक्षा ९ की छात्रा कृतिका नागिला लगायतले बोलेका थिए ।
वि.सं.१९८८ मा कास्की काहुँ कुँडहर संस्कृत भाषा पाठशाला नाम लिएर स्थापित विद्यालय वि.सं.२०२१ मा माटेपानी प्रा.वि.को नामबाट तत्कालीन श्री ५ को सरकारबाट अनुमति प्राप्त गरी विधिवत् स्थापना भएको हो । । २०५९ सालदेखि शीतलादेवी सामुदायिक प्रा.वि.को नामबाट सञ्चालन भएकोमा प्रा.वि., निमावि हुँदै हाल नर्सरीदेखि कक्षा १२ सम्म कास्की जिल्लाका साथै देशकै उत्कृष्ट सामुदायिक विद्यालयका रुपमा स्थापित बन्दै गएको छ । देशकै उत्कृष्ट विद्यालयका रुपमा पुरस्कृत भैसकेको विद्यालयले बढ्दो विद्यार्थी आकर्षणसँगै हाल प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना गर्दै आएको छ । कार्यक्रमका अवसरमा राष्ट्रिय शिक्षा दिवस २०८० का अवसरमा राष्ट्रिय शिक्षा पुरस्कारबाट सम्मानित बन्नुभएको भन्दै विद्यालयका प्रअ बाबुराम अधिकारी, शिक्षकहरू कर्नु गुरुङ, निरा थापा, आशिषकुमार थापा, रामचन्द्र पहारी, उपेन्द्रराज पोखरेल, अक्षयकोषदाता भद्रकुमारी बसेल लगायतलाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यालयका शिक्षक तथा विद्यार्थीले विभिन्न सांस्कृतिक प्रस्तुति देखाएका थिए ।

14Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected