२०८३ कार्तिक २८, शनिबार Saturday, November 14, 2026
खेलकुद

पोखरा म्याराथन सफल बनाउन ‘मिडिया पार्टनर’हरु संग छलफल

पोखरा भ्यूज
पोखरा  । १८ औं सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सञ्चार माध्यमबाट अझै उचाईमा पुर्‍याउन ‘मिडिया पार्टनर’हरु संग छलफल सम्पन्न भएको छ ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा सोमबार एक छलफल कार्यक्रम सम्पन्न भएको हो । सो अबसरमा मञ्चका निवर्तमान अध्यक्ष तेज बहादुर गुरुङले पोखरा म्याराथनलाई जन–जनमा पुर्‍याउन सञ्चार क्षेत्रको भूमिका महत्वपूर्ण हुने भएकोले त्यसतर्फ सबैको सहयोगका लागि आग्रह गरे ।
पोखरा म्याराथन सुरु हुनका लागि अझै १८ दिन बाँकी हुँदा १२ देशका २९ विदेशी धावकहरुले नाम दर्ता गरिसकेको जानकारी दिंदै निवर्तमान अध्यक्ष गुरुङले पोखरा म्याराथनको उचाईलाई अझै आत्मसात गर्न सञ्चारक्षेत्रको भूमिकालाई अझै प्रभावकारी बनाउनु पर्ने कुरामा जोड दिए । “पोखरा म्याराथन कुनै संस्थाको मात्रै प्रतियोगिता होइन । यो आम पोखरेलीहरुको हो”, उनले भने–“पोखरा म्याराथनको जसरी आज विश्वब्यापी रुपमा चर्चित  भएको छ यसको श्रेय हामी सबैलाई बाँड्न चाहन्छौं ।”
१८ औं सस्करणमा सबै धावक तथा खेलाडीहरुको अनलाइनमार्फत दर्ता हुने जानकारी दिंदै निवर्तमान अध्यक्ष गुरुङले त्यसका लागि माघ २८ गते सम्म अन्तिम दर्ता तोकिएको बताए । उनले भने–“पोखरा म्याराथनलाई हामीले प्रविधिमैत्री बनाएका छौं । सहज रुपले दर्ता देखि सबै आफ्नो रेसको प्रमाणपत्र समेत खेलाडीहरुले अनलाइनमार्फन नै प्राप्तगर्नेछन् ।”
यस पटकको पोखरा म्याराथनमा हरेक खेलाडीहरुलाई चिप्स प्रदान गरिने जानकारी दिंदै पोखरा रंगशालाबाट सुरु हुने दौड शहरका विभिन्न भाग हुँदै पोखरा हल्लनचोकस्थित क्याम्पिङ चोकमा पुगेर समापन हुने निवर्तमान अध्यक्ष गुरुङले  जानकारी दिए ।
मञ्चका प्रथम उपाध्यक्ष एवं पोखरा म्याराथनका मुख्य संयोजक दिल बहादुर गुरुङको अध्यक्षतामा भएको छलफल कार्यक्रममा बहुआयमिक व्यक्तित्व एवं वरिष्ठ सञ्चारकर्मी प्रकाश सायमीले पोखरा म्याराथनको इतिहासले आफूलाई समेत सो दिन पोखरा आउन प्रेरित गरेको बताउँदै सफलताको शुभकामना व्यक्त गरे ।
सो अबसरम पोखरा म्याराथन प्रचार–प्रसार समितिका संयोजक एवं मञ्चका कार्यबहाक महासचिब केशव पाठक, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष दिपेन्द्र श्रेष्ठ, सचिब माधब बराल, खेलकुद पत्रकार मञ्चका उपाध्यक्ष सुरज श्रेष्ठ, वरिष्ठ पत्रकार भरत कोइराला, केशव लामिछानेलगायतले पोखरा म्याराथन सफल बनाउन आ–आफ्नोतर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता जनाएका थिए ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…