२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

डल्फिनद्वारा नयाँ क्लबलाई चार्टर हस्तान्तरण

पोखरा भ्यूज

पोखरा । लायन्स क्लब अफ पोखरा डल्फिनले नयाँ क्लबलाई चार्टर हस्तान्तरण गरेको छ । आइतवार पोखरामा आयोजित कार्यक्रममा लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले पोखरा डल्फिनले स्पोन्सर गरेको नयाँ क्लब लायन्स क्लब अफ पोखरा ग्लोरीलाई चार्टर हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर केसीले लायन्स क्लब अफ पोखरा डल्फिनले समाज रुपान्तरणमा खेलेको भूमिकाको खुलेर प्रशंसा गर्दै क्लब परिवारलाई धन्यवाद व्यक्त गरेका थिए ।

डल्फिनले ग्लोरी सहित सात वटा लायन्स क्लब र एउटा लियो क्लब चार्टर गर्न सफल भएको छ । पोखरा ग्लोरी अग्रिम श्रेष्ठ संस्थापक अध्यक्ष रहेको क्लबमा २१ जना संस्थापक सदस्य रहेका छन् ।

कार्यक्रममा डिष्ट्रिक्टका निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले लायन्स क्लब अफ पोखरा डल्फिन सर्भिस, फेलोशिप र लिडरशिपका सबै हिसाबले उत्कृष्ट रहेको भनाई राखेका थिए ।

कार्यक्रममा पिआरओ इन चिफ शैलेन्द्र मोहन भट्टराई, डिष्ट्रिक्ट को–अर्डिनेटर अमृत शोभा खत्री, हरिराज पन्त, सूर्य नारायण बराल, पवित्रराज तिवारी, युवराज खनाल, टंकराज अधिकारी लगायत डिष्ट्रिक्टका सिनियर लिडर र दुवै क्लबका पदाधिकारी एवं सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

लायन्स क्लब पोखरा डल्फिनका अध्यक्ष रेवती भण्डारीको अध्यक्षता, सह–सचिव खिमलाल बरालीको संचालन, क्लबका निवर्तमान अध्यक्ष एवं जोन चेयरपर्सन शान्ताबहादुर लामिछानेको स्वागत मन्तव्यमा सम्पन्न कार्यक्रम डिष्ट्रिक्ट को–अर्डिनेटर एवं क्लबका पूर्व अध्यक्ष ऋषि गिरीले धन्यवाद ज्ञापन गरेका थिए ।

सो अवसरमा क्लबले डिष्ट्रिक्ट को–अर्डिनेटर एवं क्लबका पूर्व अध्यक्ष ऋषि गिरीलाई आगामी बर्षमा डिष्ट्रिक्टको नेतृत्व लिनका लागि अगाडी बढ़ाउने घोषणा समेत गरेको छ ।

 

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…