२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

न्यून आय भएका महिलालाई सिलाई मेसिन

पोखरा भ्यूज

पोखरा । नेपाल महिला संघ पोखरा महानगर समितिले न्यून आय भएका तर उद्धमी बन्न चाहने पाँच जना महिलालाइ सिलाइ मेसिन दिएको छ । ११४औँ अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसर पारी संघले शनिवार महानगरका विभिन्न वडाका पाँचजना महिलालाइ सिलाइ मेसिन दिएको हो ।

“महिला उत्प्रेरणा तथा आत्मनिर्भरताका लागि प्रशिक्षण एवं सम्मान कार्यक्रम” मा उक्त सहयोग दिईएको नेपाल महिला संघ महानगर समितिका अध्यक्ष अम्बिका ढुङ्गानाले बताईन् । संघले वडा नं. ११ की सुनिता परियार, वडा नं. ७ की छलीमाया परियार, ८ की ज्ञानुदेवी राना श्रेष्ठ, १३ की सरिता परियार र १६ की अम्बिका परियारलाई सिलाई मेसिन प्रदान गरेको अध्यक्ष ढुङ्गानाले बताईन् ।

उनिहरूलाई कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम संविधानसभा सदस्य शारदा पौडेल, नेपाली कांग्रेस कास्की सभापती किशोरदत्त बराल, महिला संघ कास्कीका सभापति मिना पाण्डे, महानगर सभापति अम्बिका ढुङ्गानाले संयुक्त रूपमा मेसिन प्रदान गरेका थिए ।

त्यस्तै, कार्यक्रममा महानगर समितिले विभिन्न क्षेत्रमा सफलता हासिल गरेका महिलाहरुलाई खादा फुलमालासहित सम्मान गरेको थियो । सम्मानित हुनेमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम संविधान सभासदस्य शारदा पौडेल, नेपाल ट्रेड यूनियन कांग्रेस गण्डकी प्रदेश उपाध्यक्ष लालीमाया रेग्मी, गृह श्रमिक संघ कास्कीका अध्यक्ष गीता पौडेल पंगेनि, अधिवक्ता एवं महिला संघ महानगर समितिका सचिव प्रीति पाण्डे र पत्रकार दुर्गा अधिकारीलाई सम्मान गरेको थियो ।

अधिवक्ता माधवी पाण्डे र पत्रकार दुर्गा अधिकारीले महिला उत्प्रेरणा तथा आत्मनिर्भरताका बिषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम संविधानसभा सदस्य शारदा पौडेलले नेपाल महिला संघ स्थापना कालदेखि नै आयमुलक कार्यक्रममा अग्रसर हुँदै आएको बताइन् । उनले अबको युगमा भाषणले मात्र महिला बिकास नहुने र यसका लागि अब महिलाहरु उद्यमशीलतातर्फ जोडिनुपर्ने बताइन् । 

यस्तै, कांग्रेस कास्कीका सभापती किशोरदत्त बरालले नेपाल महिला संघ पोखरा महानगरको यो कार्यक्रमले सिर्जनसिल र उद्दमशील बन्न सहयोग गर्ने विस्वाश व्यक्त गरे । महिला संघ कास्कीका सभापति मिना पाण्डेले महिला संघ कमजोर नभएको बताउदै महिला संघ महानगर समितिको यो सहयोगले राम्रो सन्देश दिएको उल्लेख गरिन् । 

नेपाल महिला संघ पोखरा महानगर सभापति अम्बिका ढुङ्गानाको सभापतित्व, सचिवद्वय कल्पना थापा र प्रीती पाण्डेको संयुक्त संचालनमा सम्पन्न कार्यक्रममा कोषाध्यक्ष तथा कार्यक्रम संयोजक श्रीजना श्रेष्ठले धन्यवाद ज्ञापन गरेकी थिईन् । संयोजक श्रेष्ठले निकै मेहनतका साथ रकम जुटाएर सिलाई मेसिन खरिद गरिएको बताउँदै यसको उपयोग सहि तरिकाले गर्न आग्रह गरीन् ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…