2Shares

पोखरा । बागमती अन्तर प्रदेश राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेशमा फुटबल, एथलेटिक्स, ब्याडमिन्टन र पौडीको छनौट खेल सुरु गरिएको छ ।
पोखरा रंगशालामा पुरुष फुटबल, महिला तथा पुरुष एथलेटिक्स र ब्याडमिन्टनको छनौट सुरु भएको प्रदेश खेलकुद परिषद गण्डकीले जनाएको हो । पोखरा रगशालामा सुरु भएको एथलेटिक्सतर्फको छनौट कार्यक्रमको प्रदेश खेलकुद परिषदका सदस्य गिरमान गुरुङले एक कार्यक्रमका बीच शुभारम्भ गरेको प्रदेश एथलेटिक्स संघका अध्यक्ष हरि बरुवालले बताए ।
दुई दिने छनौट प्रतियोगिताबाट एथलेटिक्सतर्फका विभिन्न इभेन्टमा पुरुषतर्फ १८ र महिलातर्फ १८ गरी ३६ खेलाडी छनौट गरिने संघकी उपाध्यक्ष इन्द्रा मल्लले जानकारी दिएकी छन् ।
त्यसै गरी पुरुष फुटबलतर्फ समेत पोखरा रंगशालामा १६ जना खेलाडी छनौट गरिने प्रदेश फुटबल संघका महासचिव बिनोद गुरुङले जानकारी दिए ।
यता ब्याडमिन्टनतर्फको छनौटमा ५ जिल्लाबाट १८ पुरुष र ९ जना महिला खेलाडीहरु बीच छनौट प्रतियोगिता सुरु गरिएको प्रतियोगिताका संयोजक एवं प्रदेश खेलकुदका सदस्य बिनय थापाले जानकारी दिए । उक्त प्रतियोगितबाट तीन जना पुरुष र तीन जना महिला गरी ६ जना खेलाडी छनौट हुनेछन् । ब्याडमिन्टनतर्फको छनौट आइतबार सम्पन्न हुनेछ ।
यसै गरी पौडीतर्फ ७ जना खेलाडी पहिलो चरणमा छनौट प्रतियोगितामा सहभागि भएको गण्डकी प्रदेश पौडी संघका अध्यक्ष आनन्द कुंवरले जानकारी दिए ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected