
काठमांडौं । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको दोश्रो महाधिबेशन सम्पन्न भएको छ । प्रतिनिधि सभाका उप-सभामुख इन्दिरा रानाको प्रमुख आतिथ्यतामा शनिवार काठमांडौंमा सम्पन्न दास्रो महाधिवेशनबाट पोखराका विनोद ढुंगाना डिष्ट्रिक्ट गभर्नरमा निर्वाचित बनेका छन् ।
त्यस्तै, डिष्ट्रिक्टको फष्ट भाइस गभर्नरमा काठमांडौंका पार्वती खरेल पाण्डे र द्धित्तीय भाइस गभर्नरमा पनि काठमांडौं कै सूर्य कुमार केसी निर्वाचित भएका हुन् ।

महाधिवेशनको उद्घाटन गर्दै प्रमुख अतिथि उप-सभामुख रानाले आफु लायन्समा आवद्व नभएपनि लायन्सका गतिबिधिप्रति जानकार रहेको बताईन् । लायन्सले बाढ़ी पैहरो, भूकम्प कोरोनाकाल, बिपतका बेला मुलुकप्रति देखाएको सहयोग अतुलनिय रहेको उनको भनाई थियो । राजनितीमा आउनुअघि गैरसरकारी संस्था बन्दी सहायता नेपालको अध्यक्षका रूपमा ३ दशकदेखि उक्त काममा संलग्न रहेको बताउदै रानाले त्यस क्रममा जेलमा बस्नुपर्ने विवशतामा रहेका सयौँ बालबालिकाको उद्धार गरी समाजसेवाको कार्य गरेको बताईन् ।उनले जेल सजाय भोगिरहेका महिलाहरूका कलिला सन्तानलाई शिक्षा, अधिकार र सुरक्षित बाल्यकाल प्राप्तिको लागि काम गरिरहेको उनको भनाई थियो ।
सो अवसरमा प्रमुख अतिथि रानाले दोस्रो महाधिवेशन सम्बन्धि स्मारिका विमोचन गरेकी थिईन् ।
डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको अध्यक्षतामा सम्पन्न क़ार्यक्रममा विशिष्ट अतिथि लायन्स अन्तर्राष्ट्रियका पूर्व डाईरेक्टर ई.संजय खेतान, लायन्स अन्तर्राष्ट्रियका एलसिआईएफ एरिया लिडर राजन लम्साल पूर्व मल्टीपल काउन्सिल चेयरपर्सन मनबहादुर रोका, निवर्तमान डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेल, पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल लगाएतलेलायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालले विश्व इतिहास क़ायम गरेको बताए । डिष्ट्रिक्ट आई ले यस बर्ष गरेकाकार्य वणर्न गरी साध्य नभएको उनिहरूको भनाई थियो ।
गभर्नर केसीले गत जुलाई एक देखि हालसम्म (कार्यकाल सुरु नौ महिनाको अवधिमा) उत्कृष्ट कार्य गर्ने क्याविनेटका पदाधिकारी एवं लायन्स लिडरहरूलाई अन्तर्राष्ट्रिय पेसिडेन्ट मेड़ल, डिष्ट्रिक्ट गभर्नर मेडल, सम्मानपत्र लगाएत सम्मान गरेका थिए ।
गभर्नर केसी सर्जक एवं गायक प्रकाश दूतराजलाई सम्मान गरेका थिए भने दूतराजका आफ्ना सांगितिक प्रस्तुतिले माहोल रमणीय बनेको थियो ।
अधिबेशन व्यवस्थित र उत्कृष्ट तवरले सम्पन्न गर्न डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी महेश पाण्डेको संयोजक रहेको विभिन्न उपसमितिहरु तथा सल्लाहकार मण्डल गठन भएको थियो । कार्यक्रम व्यवस्थापन गर्नको लागि लायन्स क्लब अफ काठमाडौं मिड टाउनले होस्ट क्लबको जिम्मेवारी प्राप्त गरेको थियो ।








सम्बन्धित खवर
















