2Shares

४ चैत्र, पोखरा । पर्यटकीय नगरी पोखरालाई औपचारिक रुपमै पर्यटकीय राजधानी घोषणा गरिएको छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्तप्रयासमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिएको हो।

आइतबार फेवा किनारमा आयोजित एक भव्य समारोहबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरे । प्रधानमन्त्रीले पोखरा प्राकृतिक, साँस्कृतिक साहसिक क्षेत्रको संगम भएकाले पोखरालाई नेपालको पर्यटन राजधानी घोषणा गरेको बताए । उनले पर्यटकीय विकासका लागि केन्द्र सरकारले सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्ति गरे ।

यद्यपि पोखरा यसअघि नै पर्यटकीय शहरका रुपमा चिनिदै आएको थियो । पोखरा नेपालको पर्यटकीय क्षेत्रको मुख्य गन्तव्यस्थल हो भन्नेमा विवाद थिएन । तर पूर्वाधार विकास गरेर मात्र राजधानी घोषणा गर्नुपर्नेमामा आम पोखरेलीबासीको माथ थियो ।

पोखरा महानगर पालिकाले यसअघि पोखरालाई पर्यटकीय राजधानी घोषणाका लागि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको संयोजकत्वमा एक अध्ययन समिति गठन गरिएको थियो । सोही समितिको प्रतिवेदनका आधारमा पोखरा आइतबारदेखि पर्यटकीय राजधानी घोषित भएको हो ।

कार्यक्रममा कला, साहित्य, र भाषा समेतका माध्यमबाट पोखरालाई चिनाउने विभिन्न स्रष्टाहरुलाई समेत सम्मान गरिएको थियो ।
कार्यक्रममा विभिन्न टोलविकास समिति, आमा समूह र सरोकार निकायहरुले विविध झाँकी समेत प्रदर्शन गरेका थिए ।

2Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected