२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

इलेक्ट डिजी टिमलाई बधाई एवं शुभकामना

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालले नवनिर्वाचित डिष्ट्रिक्ट गभर्नर टिमलाई बधाई एवं शुभकामना कार्यक्रम सम्पन्न गरेको छ । मंगलवार साँझ पोखरामा गण्डकी एरियाका लायन्सहरूले गत चैत्र ३ गते काठमांडौमा सम्पन्न डिष्ट्रिक्ट ३२५ आई नेपालको दोस्रो महाधिवेशनबाट लायन बर्ष २०२४/२५ का लागि निर्वाचित डिष्ट्रिक्ट गभर्नरको टिमलाई एक औपचारिक कार्यक्रमको आयोजना गरी बधाई तथा शुभकामना कार्यक्रमको आयोजना गरेका हुन् ।

कार्यक्रम संयोजक एवं लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट को–अर्डिनेटर युवराज खनालको अध्यक्षता लायन्स अन्तर्राष्ट्रियका एलसिआईएफ एरिया लिडर राजन लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, निवर्तमान डिष्ट्रिक्ट गभर्नर रामबहादुर बसेल, पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्सालको बिशेष उपस्थिति रहेको थियो ।
कार्यक्रममा लायन वर्ष २०२४/२५ का लागि डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर इलेक्ट बिनोद ढुंगाना, डिष्ट्रिक्टका प्रथम भाइस डिष्ट्रिक्ट गभर्नर इलेक्ट पार्वती खरेल पाण्डे, द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर इलेक्ट सूर्य कुमार केसीलाई सम्मान-पत्र र दोसल्ला  ओढाई बधाई तथा शुभकामना दिईएको थियो ।

साथै, इलेक्ट डिष्ट्रिक्ट गभर्नर ढुंगानाद्वारा मनोनित डिष्ट्रिक्टका क्याबिनेट सेक्रेटरी अमृत प्रसाद तिवारी, क्याबिनेट ट्रेजरर पवित्रराज तिवारी, डिष्ट्रिक्ट चिफ एडभाईजर शैलेन्द्र मोहन भट्टराई, डिष्ट्रिक्ट पिआरओ ईन चिफ बिष्णुप्रसाद भण्डारी, डिष्ट्रिक्ट सेक्रेटरियट एडमिनिट्रेटर हरिराज पन्त र महेश पाण्डे, डिष्ट्रिक्ट फाईनान्सियल एडमिनिट्रेटर सूर्य नारायण बराल र सन्तोष रावल लगाएत को–चिफ एडभाईजरहरू ऋषि गिरी, जनार्जन फुयाल, शान्ता देवी थापा भण्डारी, अमृत शोभा खत्री, महेन्द्र कुमार राठीलाई पनि सम्मान-पत्र र दोसल्ला  ओढाई बधाई तथा शुभकामना दिईएको कार्यक्रमका संयोजक युवराज खनालले जानकारी गराए । 

उनिहरूलाई कार्यक्रमका प्रमुख अतिथि, बिशेष अतिथि लगाएतले सम्मान गरेका थिए भने औपचारिक कार्यक्रम पश्चात उपस्थित सम्पूर्ण लायन्स सदस्यहरूले फुल आदानप्रदान गर्दै बधाई एवं शुभकामना व्यक्त गरेका थिए ।

बधाई एवं शुभकामना कार्यक्रममा बोल्दै लायन बर्ष २०२४/२५ का लागि निर्वाचित डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले बधाई र शुभकामना कार्यक्रमले उर्जा थपेको बताउदै यो अवस्थाबाट डिष्ट्रिक्टलाई अझ उत्कृष्ट बनाउन लागि पर्ने प्रतिबद्वता व्यक्त गरे ।

कार्यक्रममा प्रमुख अतिथि राजन लम्साल, बिशेष अतिथि डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, आईपिडिजी रामबहादुर बसेल, पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल लगायतले डिष्ट्रिक्ट ३२५ आई नेपाल समाज सेबा साथै समाज परिबर्तनका कार्यमा उत्कृष्टता हासिल गर्दै आएको बताउदै आगामी बर्ष पनि उत्कृष्ट डिष्ट्रिक्ट बनाउन इलेक्ट गभर्नरलाई सफलता मिलोस् भन्दै बधाई तथा शुभकामना दिएका थिए । ‘अन्य डिष्ट्रिक्टको आखा डिष्ट्रिक्ट ३२५ आई मा परेको छ, गत बर्ष र यस बर्ष पनि हामीले डिष्ट्रिक्टलाई उत्कृष्ट बनायौं, आउँदो बर्ष पनि यहि अवस्थाबाट अझ उत्कृष्ट बनाउनु पर्ने धारणा व्यक्त गर्दै यो वा त्यो बहनामा डिष्ट्रिक्टलाई दोस्रो बनाउने छुट नहुने बताएका थिए । लायन्स क्लबहरुले सामाजिक कार्य गर्दा फरक किसिमले देखिने र सम्झन लायक गर्नुपर्ने बताउदै कामबाट प्रशंसा मात्र होइन, समुदायले प्रेरणा लिन सक्ने कार्य गर्न पनि सूझाएका थिए ।

डिष्ट्रिक्टका एडिशनल क्याविनेट सेक्रेटरी प्रेम प्रसाद दाहालको संचालनमा रहेको कार्यक्रममा गण्डकी क्षेत्रका क्लब अध्यक्ष, पदाधिकारी, पूर्व अध्यक्ष लगाएतको उपस्थिति रहेको थियो ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…