२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

सहकारी दिवसमा रक्तदान

पोखरा । ६७औं राष्ट्रिय सहकारी दिवसको अवसरमा महिमा सहकारीले रक्तदान गरेको छ ।

लायन्स क्लब अफ पोखरा आदर्श र पोखरा अर्पणको सह–आयोजना नव आदर्श सामुदायिक समाज, जय मनकामना बचत तथा ऋण सहकारी संस्था र एल.सी. ब्रदर्श यूनाइटेड लामाचौरको बिशेष सहयोग साथै, रक्त संचार केन्द्रको प्राविधिक सहयोगमा रक्तदान सम्पन्न भएको थियो ।

महिमा सहकारीका अध्यक्ष कृष्ण गुरूङको अध्यक्षता पोखरा महानगरपालिका वडा नं. १९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न रक्तदान कार्यक्रममा ३२ यूनिट रगत संकलन गरेको आयोजकले जनाएका छन् ।

प्रमुख अतिथि पाण्डेले ३३ पटक रक्तदान गरिसकेका जय मनकामना बचत तथा ॠण सहकारीका अध्यक्ष नविन भण्डारीलाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको उद्घाटन गरेका थिए ।

रक्तदान कार्यक्रममा प्रमुख अतिथि पाण्डेले सहकारीले सामाजिक उतरदायित्व अन्तर्गत रचनात्मक कार्य गरी सहकारी दिवस मनाएको प्रति प्रशंसा गर्दै समुदायमा सहकारीले सकारात्मक सन्देश प्रवाह गरेको भनाई राखेका थिए ।

सहकारीका सह–सचिव हिरा भण्डारीको संचालन, उपाध्यक्ष एवं कार्यक्रमका संयोजक गोविन्द चापागाईंले स्वागत मन्तव्य रहेको कार्यक्रम लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका ब्लड डोनेशन कमिटीका एडिशनल डिष्ट्रिक्ट को-अर्डिनेटर सन्तोष श्रेष्ठ लगाएतको उपस्थिति रहेको थियो ।

सहकारीले सोमवार मात्र जय मनकामना सहकारी र महिमा सहकारीको संयुक्त आयोजनामा लामाचौर चोक वरिपरि सरसफाई समेत गरेको थियो । सो कार्यक्रमका लागि एल. सी. ब्रदर्स युनाइटेड लामाचौरले नगद १० हजार सहयोग गरेको आयोजकले जनाएको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…