49Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले राजीनामा दिएका छन् । उनले बुधबार बिहान प्रदेश प्रमुख डिल्लीराज भट्टसमक्ष राजीनामा बुझाएका हुन्।

नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका पाण्डे नयाँ सरकार बनाउन दाबी गर्ने रणनीतिमा लागेका छन्।

विश्वासको मत नपाउने निश्चित भएपछि राजीनामा दिएका पाण्डेले पुनः ठूलो दलको हैसियतमा मुख्यमन्त्री बन्ने गरी तयारी थालेका छन्।

६० सदस्यीय गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८, राप्रपा २ र स्वतन्त्र एक सांसद छन्। गण्डकीमा बहुमतका लागि ३१ सिट आवश्यक रहेको छ।

49Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected