२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खबर

जगदम्बा ट्राभल्सको सुपर भिआइपी लक्जरी बस सञ्चालनमा

पोखरा । पोखराको जगदम्बा ट्राभल्सले पोखरा देखी काठमाण्डौका लागि सुविधा सम्पन्न लक्जरी बस सञ्चालनमा ल्याएको छ । सार्वजनिक यातायातलाई आधुनिक र सुविधा सम्पन्न बनाउने उद्देश्यले ट्राभल्सले विहिवारदेखि सुविधा सम्पन्न सुपर भिआइपी लक्जरी बस सञ्चालनमा ल्याएको हो ।

पोखरा काठमाण्डौ र पोखरा दिल्ली लक्जरी बस सञ्चालन गर्दै आएको जगदम्बा ट्राभल्सले आफ्नो चौथो संस्करणको सुपर भिआइपी लक्जरी बस सञ्चालनमा ल्याएको ट्राभल्सका सञ्चालक केशव प्रसाद अधिकारीले जानकारी दिए ।

सञ्चालक अधिकारीका अनुसार लक्जरी बसमा रिमोट कन्ट्रोल बिलासी सोफा सीटहरू, शौचालय, सिट बेल्ट, विलासी एयर सस्पेन्शन एयर बस, चार्ज पोर्ट, थ्रिडीध्वनि प्रणाली, टेलिभिजन झ्यालबाट बाहिरको दृश्य सहजै देख्न सकिने, अत्याधुनिक तरिकाले सिट सञ्चालन गर्न सकिने, क्रू सर्भिस, खाजा, कफी, लन्च र हाइटीको ब्यवस्था सहित सुपर भिआइपी बस सञ्चालनमा ल्याइएको हो । एउटा गाडीमा १ करोड ५० लाख लगानीका हुँदा २ वटा गाडीमा ३ करोड रुपैयाँ लगानी भएको अधिकारीले जानकारी दिए । २९ सिट क्षमता रहेको बसका यात्रुका लागि पोखरा काठमाण्डौको भाडादर २५ सय तय गरिएको छ ।

उक्त बस पोखराको पर्स्याङस्थित जगदम्बाको ग्यारेजबाट ७.३० बजे प्रस्यांग, लेकसाइड हुँदै बसले काठमाडौंको यात्रा तय गर्नेछ । काठमाडौंमा पनि सोही समयमा लैनचौर मल्ल होटलबाट पोखराको लागि बस छुट्नेछ ।

जगदम्बा कम्पनीले मोर्डन ईरा टुर्स एण्ड ट्राभल्स मार्फत पोखरा दिल्ली लक्जरी बस सञ्चालन गर्दै आइरहेको रआगामी असार भित्रमा पोखर पटना समेत लक्जरी बस सञ्चालनको तयारी गरिरहेको र बसहरु दिल्लीमा निर्माणाधिन रहेको अधिकारीले जानकारी दिए । बस सञ्चालनका लागि पटना सरकार संग सहकार्य भइरहेको उनको भनाइ रहेको थियो । जगदम्बाले यस अघि पोखरा काठमाण्डौ दिवा र रात्री सेवामा लक्जरी बसहरु सञ्चालन गर्दै आइरहको छ ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…