47Shares

पोखरा वैद्धिक सनातन धर्म समुदाय पोखराको आयोजनामा श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ हुने भएको । २०८० वैशाख गतेदेख़ि १० गतेसम्म नयाँवर्षको सुरूवातका दिन पोखरा प्रदर्शनी केन्द्र नयाँबजार, पोखरामा महायज्ञ संचालन हुन गईरहेको महायज्ञ सम्पादन समितिका अध्यक्ष लक्ष्मण पौडेलले बताए

१० दिनसम्म चल्ने यज्ञमा श्रीमद्भागवत् पाठपारायण, ब्रह्मगायत्रीद्वारा लक्ष्यहवन, लघुरुद्राभिषेक, सप्तशती पाठपारायण, वेद पाठपारायण, गीता विष्णुसहस्रनाम स्तोत्र पाठपरायण तथा पञ्चदेवोपासना  अन्य अनुष्ठानहरू हुनेछन् यज्ञमा कर्ता बस्न इच्छुक व्यक्ति, परिवार वा वंशले ११ हजार सय ११ का साथमा सम्पादन समिति समक्ष आवेदन दिनुपर्ने आयोजकले जनाएका छन् ।

यज्ञलाई धर्म संकल्प कार्यका रुपमा विकास गर्ने उद्देश्यका साथ तयारी भइरहेको जसमा पोखरावासीको उल्लेख्य साथ, सहयोग मिल्ने आयोजकको विश्वास

यज्ञमा प्रमुख वाचक हरिहर सन्यास आश्रम देवघाटधाम तनहुँका पीठाधीश अनन्तश्रीविभूषित स्वामी ज्ञानानन्द सरस्वतीजी महाराजले रहनुहुने अध्यक्ष पौडेलले बताए  प्राय: समाजमा हुने गरेका नियमित यज्ञ भन्दा यस यज्ञको उद्देश्य पृथक रहेको सुनाउँदै यज्ञमार्फत् आध्यात्मिक ज्ञान विस्तार गर्ने मूल उद्देश्य राखिएको बताउदै पौडेलले यज्ञमार्फत् स्वःस्फूर्त रुपले प्राप्त हुने अर्थराशि वैदिक गुरुकुल एवं सत्संग केन्द्रहरुमा सदुपयोग हुने विश्वास दिलाए

महायज्ञ सम्पादन समितिका महासचिव सूर्यभक्त सिग्देलले धर्म निरपेक्षतामा नाममा देशमा धार्मिक स्खलन भइरहेको धारणा राख्दै लोककल्याणार्थ यज्ञ गरिएको बताए

महायज्ञ सम्पादन समितिका कोषाध्यक्ष मोहनप्रसाद अधिकारीले यज्ञ सम्पन्न गर्न करिव ४० लाख खर्च अनुमान गरिएको जनाउँदै यज्ञको हरहिसाब पारदर्शी हुने बताए यज्ञको तयारी स्वरुप आजकल दिनहुँजसो मूलआयोजक समितिको बैठक भइरहेको अधिकारीले जनाए त्यस्तै यज्ञका बारेमा ब्रोसर, पहिलो चरणकोपत्रकार सम्मेलन, उपसमिति चयन, पत्र वितरणदेखि वडास्तरमा जनप्रतिनिधिसँग छलफल गरि सकिएको

47Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected