२०८३ कार्तिक २७, शुक्रबार Friday, November 13, 2026
खेलकुद

तेश्रो मनुश्री/भिग्नाजित जुनियर टेनिस : दर्शिलले जिते दोहोरो उपाधि

पोखरा । तेश्रो मनुश्री/भिग्नाजित जुनियर टेनिस प्रतियोगितामा दर्शिल श्रेष्ठले दोहोरो उपाधि जितेका छन् ।

कास्की जिल्ला टेनिस संघको आयोजनमा आइतबार सम्पन्न फाइनलमा दर्शिलले यू-१६ सिंगल्स र ओपन ब्वाइज डवल्सतर्फ गरी उपाधि जितेका हुन् । उनले यू-१६ सिंगल्सतर्फ सृजन भट्टराईलाई ६-२, ६-३ को सोझो सेटमा पराजित गरे भने ओपन डबल्सतर्फ शास्वत बज्रचार्य संग जोडी बनाएका दर्शिलले स्पन्दन उदास र एड्रिन थापाको जोडीलाई फाइनलमा ६-२, ६-२ को सेटमा पराजित गरे ।

सिंगल्सतर्फ उपाधि जितेका दर्शिलले नगद रु २० हजार र उपविजेता सृजनले नगद रु १० हजारका साथमा मेडल तथा प्रमाणपत्र हात पारे । त्यसै गरी डबल्सतर्फ दर्शिल र शास्वतको जोडीले नगद रु २० हजार र उपविजेता स्पन्दन र एड्रिनको जोडीको नगद १० हजारका साथमा मेडल र प्रमाणपत्र प्राप्त गरे ।

आइतबार सम्पन्न यू-८ ब्वाइज सिंगल्सको रोचक भिडन्तमा जिवाश भट्टराईले कायान चालिसेलाई सुपरटाई ब्रेकमा ११-९, ६-१० र ११-९ ले पराजित गरी पहिलो हुन सफल भए । जिवाशले नगद रु ३ हजार र कायानले नगद रु १ हजार ५ सयका साथमा मेडल तथा प्रमाणपत्र हात पारे । त्यसै गरी यू-९ सिंगल्समा कायानलाई नै इभान भट्टराईले ४-२, ४-१ को सोझो सेटमा पराजित गरी नगद ३ हजारहात पार्दा कायानले नगद रु नगद रु १ हजार ५ सयका साथमा मेडल तथा प्रमाणपत्र हात पारे ।

यू-१४ गर्ल्स सिंगल्समा शाल्भी शेरचनले सरिशा शेरचनलाई ६-१, ६-३ ले पराजित गर्दा ब्वाइज तर्फको फाइनलमा सन्दिप विकले दोजन गुरुङलाई ६-०, ६-४ को सोझो सृटमा पराजित गरे । प्रतियोगितामा पहिलो भएका खेलाडीहरुले १५ हजार र दोश्रो हुनेले ७ हजार ५ सय नगदका साथमा मेडल र प्रमाणपत्र पाएका छन् । त्यस्तै यू-१२ अन्तर्गत ब्वाइज सिंगल्समा विश्व विशेष डल्लाकोटीले अर्याशराज पौडेललाई ६-१, ६-४ ले पराजित गरे । विश्वले नगद रु १० हजार र अर्याशले ५ हजार प्राप्त गरेका छन् ।

बिजेता खेलाडीहरुलाई प्रतियोगिताका मुख्य प्रायोजक कुमार श्री मोहन बहादुर शाही, उनका नातीनी मनुश्री र नाती भिग्नाजित, प्रदेश टेनिस संघका अध्यक्ष बिनोद कायस्थ, प्रतियोगिताकी संयोजक प्रिती बराल, कास्की टेनिसका कार्यवहाक अध्यक्ष राजकुमार गुरुङ, उपाध्यक्ष नविन चालिसे, सचिव नविन श्रेष्ठलगायतले मेडल, नगद तथा प्रमाणपत्र वितरण गरेका थिए ।

यस अघि समापन कार्यक्रममा आफ्ना भनाई राख्दै समाजसेवी तथा प्रतियोगिताका मुख्य प्रायोजक कुमार श्री मोहन बहादुर शाहीले प्रतियोगिताको प्रायोजनलाई आफूले निरन्तरता दिने बताए ।

उक्त प्रतियोगिता यहि चैत्र २१ बाट सञ्चालन भएको थियो । प्रतियोगितामा विभिन्न उमेर समुहमा करिव ७० खेलाडीहरुले सहभागिता जनाएका थिए ।

Read more

बराहथान युवा क्लबको वार्षिकोत्सवमा गाउँस्तरीय भलिबल प्रतियोगिता, विजेतालाई ६१ हजार पुरस्कार

पोखरा । श्री बराहथान युवा क्लब, भिचुक पोखरा गुरुङ मगर सम्पर्क समाज अन्नपूर्ण गाउँपालिका–७, भिचुक, कास्कीले नेपालीहरूको महान् चाड शुभदीपावली (तिहार) को अवसरमा गाउँस्तरीय भलिबल प्रतियोगितासहित विविध सांस्कृतिक…

९औँ विश्वकर्मा भलिबल कप सम्पन्न, दाजुभाइ क्लब गल्याङ च्याम्पियन

पोखरा । विश्वकर्मा समाज नेपाल केन्द्रीय कार्यालय कास्कीको आयोजनामा सञ्चालित नवौँ विश्वकर्मा भलिबल कप–२०८३ सम्पन्न भएको छ। असोज १ गतेदेखि पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको फाइनलमा दाजुभाइ क्लब…

पुम्दी–भुम्दी पर्वतीय दौडका लागि पोखरा–२२ एकजुट

पोखरा, ३१ भदौ। पोखरा महानगरपालिका–२२ पुम्दी–भुम्दीमा आगामी असोज २४ गते तेस्रो पुम्दी–भुम्दी खुला पर्वतीय दौड प्रतियोगिता हुँदैछ। प्रतियोगितालाई सफल बनाउन जनप्रतिनिधि, स्थानीय संघ–संस्था, विद्यालय, युवा क्लब, व्यवसायी र…

मुस्ताङमा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण हुँदै

मुस्ताङ — विश्वकै सर्वाधिक उचाइमा रहेको मुस्ताङ गल्फ कोर्समा ‘टप अफ द वर्ल्ड गल्फ क्लासिक’को पाँचौँ संस्करण आयोजना हुने भएको छ। आगामी भदौ १५ गते हुने प्रतियोगिताको तयारी…

पोखरा रङ्गशालाको हरियाली अभियानमा इको नेक्स्टको साथ, ४ सय किलो प्राङ्गारिक मल सहयोग

पोखरा । पोखरा रङ्गशालामा जारी हरियाली तथा वृक्षारोपण अभियानलाई थप व्यवस्थित, दिगो र प्रभावकारी बनाउन इको नेक्स्ट टेक्नोलोजी प्रा.लि. ले ४ सय किलोग्राम इको अर्गानिक (प्राङ्गारिक) मल सहयोग…

रमेश–खेमको जोडी वडा अध्यक्ष कप ब्याडमिन्टन च्याम्पियन

पोखरा । पोखरा महानगरपालिका वडा नं. ७ को आयोजनामा सम्पन्न ‘वडा अध्यक्ष कप खुला ब्याडमिन्टन प्रतियोगिता–२०८३’ मा रमेश गुरुङ र खेम तिमिल्सिनाको जोडी च्याम्पियन बनेको छ। आइतबार सम्पन्न…