२०८३ कार्तिक २९, आइतबार Sunday, November 15, 2026
खबर

पोखरामा “दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला–२०८१” सुरु

पोखरा । पोखरामा “दोस्रो वृत्ति परामर्श तथा रोजगार मेला–२०८१”  सुरु भएको छ । गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा सोमवारदेख़ि मेला सुरू भएको हो । 

मेलाको उद्घाटन गर्दै  गण्डकी प्रदेशका उपसभामुख बिना कुमारी थापाले कक्षा १२ उत्तीर्ण भएपछि नेपालमा भविष्य छैन भन्दै विदेश जाने परम्परालाई रोक्नुपर्ने बताउँदै बढ्दो युवा जनशक्ती पलायनलाई रोक्न पनि यस्ता रोजगार मेलाहरुको भुमिका महत्वपुर्ण हुने बताईन् । मेलाले सीप भएर पनि बेरोजगार भएका युवा र दक्ष जनशक्तिको खोजीमा रहेका रोजगारदाताबीच समन्वय गर्ने थापाले बताईन् ।

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले दोस्रो वृत्ति परामर्श मेलाले १२ सय बढिलाई उद्यशीलता तथा रोजगारमा सहभागी गराउने दावी गरे । महानगरको व्यवसाय प्रवर्दन केन्द्रले मेलाबाहेक पनि स्टार्टअप व्यवसायका लागि सुलभ ऋण तथा विजनेस आईडिया आदान प्रदान गर्दै आएको बताए ।

रोजगार मेलामा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले निजि क्षेत्रसँग सरकारले अनुकुल ढंगले सहकार्य गर्ने हो भने कोही पनि बेरोजगार बन्नुनपर्ने बताए । उनले सरकारलाई सबै भन्दा धेरै कर निजि क्षेत्रले तिर्ने भएपनि व्यवसायीहरु पलायन हुनुपर्ने अवस्था आउँदासमेत सरकारले व्यवसायीको हितका लागि काम गर्न नसकेको बताए ।

पोखरा सभागृहमा १२ गतेसम्म संचालन हुने मेलामा निःशुल्क प्राविधिक शिक्षा समेत प्रदान गरिने मेला प्रचार प्रसार समितिका संयोजक एवं शिक्षा बिकास निर्देशनालय गण्डकी प्रदेशका निर्देशक अम्बिकाप्रसाद आचार्यले बताए । बेरोजगारलाई रोजगारसँग जोड्ने र कामदारको उपलब्धताका लागि साझा थलोको रुपमा विकास गरी रोजगार विनिमय प्रणाली विकास गर्न सहयोग पुराउने उद्देश्यका साथ रोजगार मेला आयोजना गरिएको निर्देशक आचार्यको भनाई छ । मेलामा विद्यालय तहको अध्ययन पश्चात के पढ्ने र के सिक्ने भनेर अल्मलिएकाहरुलाई पनि मार्ग प्रदान गर्नेसहित रोजगार र उद्यमशीलतासँग सम्बन्धित विविध ४२ प्रकृतिका स्टलहरु रहेको आचार्यले बताए ।

मेलामा प्राविधिक शिक्षा व्यावसायिक तालिमका अवसरहरु, सीपहरुको प्रमाणीकरण, विभिन्न रोजगारीकाअवसरहरुको बारेमा जानकारी साथै सहजीकरण, सफल उधमीका कथा मार्फत उद्यमशीलतका लागिअभिप्रेरणा, शैक्षिक पर्दशनी हुने आचार्यले सुनाए ।

Read more

गण्डकी कांग्रेसको नेतृत्वमा मेखलाल श्रेष्ठको दाबेदारी, महामन्त्रीमा गंगाधर पराजुलीको चर्चा

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नियमित महाधिवेशन पक्षधरले गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने तय गरेसँगै प्रदेश नेतृत्वका लागि राजनीतिक सरगर्मी…

देउवा नेतृत्व कांग्रेसको १५औँ महाधिवेशनका लागि कास्कीबाट पुराना नेता र युवासहित प्रतिनिधि चयन

पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनका लागि कास्कीका तीनवटै निर्वाचन क्षेत्रबाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । पार्टीको १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवा नेतृत्वको समूहबाट नियमित…

समाज कल्याण समितिको अध्यक्षमा पुनः राजेन्द्रबहादुर कार्की निर्विरोध निर्वाचित

पोखरा । ‘सामाजिक उत्तरदायित्व हाम्रो जिम्मेवारी’ भन्ने मूलमन्त्रका साथ स्थापित समाज कल्याण समिति कास्कीको अध्यक्षमा राजेन्द्रबहादुर कार्की पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिबार पोखरा-१०, काजीपोखरीस्थित सभा हलमा…

रत्न मन्दिर र हिमागृह लिजमा नदिन जिससको आग्रह

पोखरा । पोखराका ऐतिहासिक सम्पदा रत्न मन्दिर तथा हिमागृहसहित बाराहीघाटको जग्गा ३० वर्षका लागि लिजमा दिने तयारीप्रति जिल्ला समन्वय समिति कास्कीले आपत्ति जनाएको छ। समितिले फेवातालको मापदण्डभित्र पर्ने…

पोखरामा मंसिर ५ र ६ गते कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, देउवाले उद्घाटन गर्ने

१ हजार ६ सयभन्दा बढी प्रतिनिधि सहभागी हुँदै, अधिवेशनका लागि २५ लाख खर्च अनुमान पोखरा, कात्तिक २७ । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी…

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…