47Shares

पोखरा । लायन्स क्लब अफ पोखरा अञ्जुलीले उत्कृष्ट सामाजिक कार्य गर्दै आफ्नो नवौं स्थापना दिवस मनाएको १६ अप्रिल, २०१६ मा स्थापना भएको क्लब अञ्जुलीले आइतवार बिशेष कार्यक्रम सहित स्थापना दिवस मनाएको हो

क्लबलले आफ्नो स्थापना दिवसको अबसरमा भरतपूर महानगरपालिका२५, चनौली स्थित लाहुरे चोक निवासी पिताम्बर तिमिल्सिनालाई सहयोग प्रदान गरेको बिगत बर्ष अघि मलद्वारदेख़ि ठुलो आन्द्रासम्म निकालिएको, बाँचुन्जेल पेटबाट नै दिशा झोलाबाट फाल्नु पर्ने भएका तिमिल्सिनालाई क्लबले नगद २५ हजार उपलब्ध गराएको  उक्त रक़म क्लबका पूर्व अध्यक्ष बिना पाईजाको पहलमा अमेरिका निवासी जलीमाया पुनको सहयोगमा प्राप्त भएको हो 


त्यस्तै, स्थापना दिवस कै अवसरमा क्लबले शिवशक्ति कल्याणी आश्रममा आश्रित रूमा पाठकलाई शिवशक्ति कल्याणी सन्तोष स्मृति छात्रबृति कोषको ब्याज रक़मबाट नगद  हजार रूपैयाको छात्रबृति प्रदान गरिएको

उक्त सहयोग रक़म प्रमुख अतिथि एवं लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालका प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर एवं लायन बर्ष २०२४/२५ का लागि इलेक्ट डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगाना क्लबका अध्यक्ष मिना पौडेल, संस्थापक अध्यक्ष सकुन्तला केसी लगाएतले हस्तान्तरण गरेका थिए

कार्यक्रममा बोल्दै प्रमुख अतिथि ढुंगानाले लायन्स क्लब अफ पोखरा अञ्जुली डिष्ट्रिकमा उत्कृष्ट क्लब रहेको मात्र नभई मोडल क्लब रहेको बताए । उनले क्लबले सामाजिक क्षेत्रमा गरेको सहयोग महत्वपूर्ण हुने भएकाले यस्ता सहयोग निरन्तर गर्न आग्रह गर्दै क्लबले दिएको सहयोगले आश्रितहुनेहरूको लागि राहत हुने भएकाले यस्ता सहयोगका हातहरु बढाउनुपर्नेमा जोड दिए

संस्थापकहरूले क्लब स्थापना गरिदिएको कारण आज तपाई हामीले मानवीय सेवाका कार्य, फेलोशिप लगाएत लिड़रशिपका कार्य गर्न पाएका छौं भन्दै ढुंगानाले संस्थापक सदस्य सहित रेगुलर सदस्यहरूलाई सम्मान गरेका थिए ।

कार्यक्रममा डिष्ट्रिक्ट कोअर्डिनेटर एवं लायन बर्ष २०२४/२५ का मनोनित क्याविनेट सेक्रेटरी अमृतप्रसाद तिवारीले महिलामात्रको क्लबले समाजमा यतिको कार्य गर्न सक्छ होला भन्ने कल्पना पनि गर्न सकिदैन भन्दै क्लबको उत्तरोत्तर प्रगतिको कामना गरेका थिए

क्लबका अध्यक्ष मिना पौडेलको अध्यक्षता सचिव पूजा सिलवालको संचालनमा रहेको कार्यक्रममा क्लबका संस्थापक अध्यक्ष सकुन्तला केसी, क्लबका एक्सटेन्सन चेयरपर्सन लक्ष्मी पाण्डे, रिजन चेयरपर्सन भावना बसेल, पूर्व अध्यक्ष अमृत शोभा खत्री, बिना पाईजा लगाएतले बोलेका थिए

47Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected