२०८३ कार्तिक २६, बिहीबार Thursday, November 12, 2026
खबर

पोखरा ग्लोरीद्वारा दिव्यज्योतीमा स्टेशनरी वितरण

पोखरा । लायन्स क्लब अफ पोखरा ग्लोरीले आईतवार पोखरा–१६, दीपस्थित दिव्यज्योती आधारभूत विद्यालयमा अध्ययनरत बिधार्थीलाई स्टेशनरी सहयोग गरेको छ । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपाल अन्तर्गत यसैबर्ष मात्र स्थापना भएको क्लब ग्लोरीले विद्यालयका ३५ जना विद्यार्थीलाई स्टेशनरी र खेलकूदका सामग्री वितरण गरेको हो ।

क्लबका अध्यक्ष अग्रिम श्रेष्ठको अध्यक्षता लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा क्लबले प्रकाशन गरेको नयाँ वर्षको क्यालेन्ड़र समेत बिमोचन गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक्ट गभर्नर केसी लायन्स क्लब अफ पोखरा ग्लोरीले स्थापनाकालको पहिलोबर्ष मै उल्लेख्य सम्झनयोग्य कार्य गर्न सफल भएको बताउदै गौतम बुद्व जन्मदा सात पाईला हिडेका थिए भने ग्लोरी बुद्व भन्दा बढ़ी कयौं गुणा बढ़ी हिड़न सफल भएको बताए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राधाकृष्ण गुरूङ, प्रधानाध्यापक लक्ष्मी खनालले क्लबले विद्यालयमा आवश्यक सामग्री उपलब्ध गराएकोमा आभार व्यक्त गर्दै बिधालय महानगरको मुटु मै रहेको भएतापनि गरिव र न्यून आए भएका बिधार्थी अध्ययन गर्ने भएको हुँदा थप सहयोगको अपेक्षा गरेका थिए ।

क्लबका सचिव अर्जुन गैह्रेको संचालन रहेको कार्यक्रममा पिआरओ इन चिफ शैलेन्द्र मोहन भट्टराई, कार्यक्रम संयोजक प्रेम बरालले पनि बोलेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…