27Shares

पोखरा । लायन्स क्लब अफ पोखरा अमरबुद्धले एकै दिन तीन वटा कार्यक्रम सम्पन्न गरेको क्लबले वैशाख १५ गते शनिवारका दिन पोखरा१६, अर्मलामा रहेको अन्नपूर्ण आत्मनिर्भर बालआश्रममा एकैदिन तीन वटा कार्यक्रम सम्पन्न गरेको क्लबका अध्यक्ष डा. दुर्गा काफ्ले जानकारी दिएकी छन्

अध्यक्ष काफ्लेका अनुसार क्लबले फ्री डेन्टल हेल्थ क्याम्प, खाद्यान्न वितरण, कपाल काट्ने शरीरको सरसफाई सम्बन्धि कार्यक्रम सम्पन्न गरेको

क्लबका अध्यक्ष काफ्लेको अध्यक्षता, पोखरा१६ का वडाध्यक्ष अमृत प्रसादको तिमिल्सिना प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा स्थानीय समाजसेवी शिव प्रसाद तिमिल्सिना, वसन्त तिमिल्सिना, आश्रमका अध्यक्ष शान्ता देवी थापा, निवर्तमान अध्यक्ष शारदा बस्नेत, रिजन चेयरपर्सन सुशील पौडेल लगाएतको उपस्थिति रहेको थियो

क्लबका अध्यक्ष डा. दुर्गा काफ्ले डा. सुशील तिमिल्सिनाको बैवाहिक बर्षगाठको अवसरमा आयोजित कार्यक्रमको संयोजन क्लबका पूर्व अध्यक्ष विष्णु श्रेष्ठ सहसचिव हिमानी गुरूङले गरेका थिए क्लबका प्रथम उपाध्यक्ष मन्जु कार्कीको संचालनमा रहेको कार्यक्रममा आश्रममा आश्रित ३८ जना बालबालिकासहित ४५ जनाको सेवा लिएका थिए

27Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected