२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

डिष्ट्रिक्ट ३२५ आई नेपालको चौथो क्याविनेट मिटिङ बारपाकमा सम्पन्न

बारपाक, गोरखा । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालको चौथो क्याविनेट मिटिङ बारपाकमा सम्पन्न भएको छ । लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालका लायन्स लिडरहरुको उपस्थितिमा गोरखाको सुलिकोट गाउँपालिका–१, बारपाकमा क्याविनेट बैठक सम्पन्न भएको हो ।

डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको अध्यक्षता सुलिकोट गाउँपालिकाका अध्यक्ष विष्णु प्रसाद भट्टको प्रमुख आतिथ्यता र डिष्ट्रिक्टका अभिभावकहरू पिएमसिसी मनबहादुर रोका, आईपिड़िजी रामबहादुर बसेल, पिड़िजी इन्दु लम्सालको बिशेष उपस्थितिमा क्याविनेट बैठक सम्पन्न भएको क्याविनेट सेक्रेटरी महेश पाण्डेले बताए ।

बैठकमा बोल्दै प्रमुख अतिथि भट्टले लायन्सको यस क्याविनेट बैठकले यहाँको पर्यटक पवर्धनमा ईटा थपेको महशुष गरेको बताए । उनले लायन्सको कामको बिषयमा आफु जानकार रहेको बताउदै ०७२ सालको भुकम्पको बेला लायन्सले यस क्षेत्रमा ल्याएका कार्यक्रम तथा योजना बिर्सन नसक्ने बताएका थिए । आउँदा दिनमा पनि लायन्स क्लव तथा लायन्सकर्मीहरुको सहयोग एवं साथ रहने कुरामा आफु आशाबादी रहेको उल्लेख गर्दै समाज सुधारका लागि सहकार्य गर्न तयार रहेको जनाए ।

डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीले हाम्रो डिष्ट्रिक्ट बर्षको सुरुवाती चरणदेख़ि नेपालमा मात्र नभई लायन्स अन्तर्राष्ट्रियमा दोस्रो हुन नपरेको बताए । आफुले सोचे भन्दा बढ़ी काम गर्न सफल भएको बताउदै गभर्नर केसीले आफ्नो कार्यकालमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग गर्ने एवं निस्वार्थ रुपमा सेवा गर्नेहरुलाई जिवन पर्यन्त सम्झिरहने बताए । उनले थपे ‘हामी विनर मात्र भएका छैनौं, चाम्पिएन भएका छौं’ यहि स्थिति बर्षको अन्तसम्म कायम राख्न सबैमा अनुरोध समेत गरेका थिए ।

कार्यक्रममा डिष्ट्रिक्टका अभिभावक त्रयले लायन्स डिष्ट्रिक्ट ३२५ आई नेपालले हरेक क्षेत्रमा उत्कृष्ठ काम गरेर विश्वमा नै नेपाली लायन्सकर्मीहरुको स्वाभिमान उच्च बनाएको बताउँदै प्रशंशा गरेका थिए ।

क्याविनेट सेक्रेटरी महेश पाण्डेको संचालनमा रहेको कार्यक्रममा प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले स्वागत, द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डेले धन्यवाद मन्तव्य राखेका थिए भने कार्यक्रम संयोजक एवं डिष्ट्रिक्टका एड़िशनल डिष्ट्रिक्ट को–अर्डिनेटर बिकास थापाले कार्यक्रमको बारेमा आफ्ना भनाई राखेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…