84Shares

पोखरा । नेपाल महिला संघ पोखरा महानगर समितिले पोखरा छिनेडाँडामा रहेको वात्सायन बृद्धाश्रममा कपडा, फलफुल तरकारी वितरण गरेको

नजिकै आउँदै गरेको आमा औंसीको अवसर पारी वृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरुलाई एक सेट कपडा, फलफुल तरकारी शनिवार एक कार्यक्रमका विच वितरण गरीएको महिला संघ महानगरका सभापति अम्बिका ढुंगानाले बताईन बृद्धाश्रममा रहेका १५ जना बृद्धबृद्धाहरुलाई आफ्ना बाबु आमा जस्तै सम्झेर महानगर समितिले सानो सहयोग गरेको ढुगानाले बताईन


२०६८ सालमा स्थापना भएको बृद्धाश्रममा हाल जना बृद्ध जना बृद्धा गरी १५ जना जेष्ठ नागरीकहरु रहेकाछन

महानगर समितिका सभापति अम्बिका ढुगानाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वात्सायन बृद्धाश्रमका अध्यक्ष ललित बहादुर बानियाँले विभिन्न मनकारी दाताहरुको सहयोगले वृद्धाश्रम संचालन हुदै आएको बताए

महानगर समितिका सदस्य उर्मिला बस्नेत संयोजक रहेको क़ार्यक्रममा नेपाली कांग्रेसका केन्दिय सदस्य शारदा पौडेल, महिला संघ जिल्ला सभापति मिना पाण्डे, उपसभापति इन्दिरा बानियाँ, सल्लाहकार शारदा बास्तोला, समाजसेवी तिर्थ बहादुर बस्नेत लगाएतको उपस्थिति रहेको महानगर समितिका सचिव कल्पना थापा बताईन्

84Shares
© कपीराईट–यस पोष्टमा प्रकाशित समाचार या लेख सर्वाधिकार सुरक्षीत छ । यहाँ प्रकाशित समाचार हुबहु कसैले जानकारी विना साभार गरेको पाइएमा कानुनी कार्वाही गर्न बाध्य हुनेछौ ।

सम्बन्धित खवर

Stay Connected