२०८३ कार्तिक २३, सोमबार Monday, November 9, 2026
खबर

लायन्स पदाधिकारीको प्रशिक्षण सम्पन्न

पोखरा । लायन्स अन्तर्राष्ट्रिय डिष्ट्रिक्ट ३२५ आई नेपालको लायन बर्ष २०२४/२५का लागि मनोनित डिष्ट्रिक्ट पदाधिकारीको प्रशिक्षण सम्पन्न भएको छ । शुक्रवार र शनिवार पोखरा होटल ग्राण्डमा संचालन भएको प्रशिक्षण कार्यक्रममा लायन बर्ष २०२४/२५ का लागि डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाद्धारा डिष्ट्रिक्टका उच्चतमपदमा मनोनित डिष्ट्रिक्ट पदाधिकारीको सहभागिता रहेको थियो ।

दुई दिनसम्म संचालित प्रशिक्षण कार्यक्रमको दोस्रो दिन डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी, ट्रेजरर, चिफ एडभाईजर, पिआरओ इन चिफ,  को–चिफ एडभाईजरलाई निवर्तमान डिष्ट्रिक्ट गभर्नर राम बहादुर बसेल, डिष्ट्रिक्ट एक्जुकेटिभको लागि प्रथम भाईस डिष्ट्रिक्ट गभर्नर पार्वती खरेल पाण्डे, डिष्ट्रिक्ट/एडिशनल डिष्ट्रिक्ट को–अर्डिनेटर र एम्बासडरको लागि पिएमसिसी मनबहादुर रोका, क्लस्टर चिफ/को चिफको लागि पूर्व डिष्ट्रिक्ट गभर्नर इन्दु लम्साल, रिजन चेयरपर्सनको लागि डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसी, जोन चेयरपर्सनको लागि एलसिआईएफ एरिया लिडर राजन लम्साल र ग्लोबल कजेज चेयरपर्सन, डिजी प्रोग्राम चेयरपर्सन लगाएतअन्य सदस्यहरूको लागि द्वितीय भाईस डिष्ट्रिक्ट गभर्नर सूर्य कुमार केसीले प्रशिक्षण दिएका थिए ।

समापनको दिन मोटिमेशनल स्पिकर शौरभ राज शर्मा लोहनीले द लिडरशीप माईण्डसेट, रेडक्रसकर्मी सूर्य ढकालले फस्ट एड एण्ड डिजास्टर मेनेजमेन्ट, एलसिआईएफ एरिया लिडर राजन लम्सालले हाम्रो डिष्ट्रिक्ट हाम्रो गौरव बिषयमा आ-आफ्ना प्रस्तुति राखेका थिए ।

प्रशिक्षण कार्यक्रममा डिष्ट्रिक्ट गभर्नर ढुंगानाद्धारा आगामी वर्षका लागि ल्याईएको मुख्य कार्यक्रम मानवता हाम्रो प्राथमिकता अन्तर्गतका मुख्य कार्यक्रम फुड बैकको लागि डिष्ट्रिक्टका सेक्रेटरियट एडमिनिट्रेटर हरिराज पन्त र डिष्ट्रिक्टको–चिफ एडभाईजर जनार्जन फुयाल, डिष्ट्रिक्ट को–चिफ एडभाईजरहरू ऋषि गिरीले मानवता हाम्रो प्राथमिकता, अमृतशोभा खत्रीले अपाङगता हाम्रो आत्मीयता, शान्ता देवी थापा भण्डारीले लायन्स पाठशाला, महेन्द्र कुमार राठीले क्लोथ बैक र डिष्ट्रिक्ट एक्जुकेटिभ युवराज खनालले ब्लड डोनेशनका संचालन कार्यविधि बारे प्रष्टाएका थिए ।

डिष्ट्रिक्ट ३२५ आई नेपालका डिष्ट्रिक्ट गभर्नर चन्द्रकुमार केसीको अध्यक्षतामा सम्पन्न समापन समारोहमा आगामी बर्षका डिष्ट्रिक्ट गभर्नर बिनोद ढुंगानाले उपस्थित सम्पूर्णलाई धन्यवाद ज्ञापन गरेका थिए भने कार्यक्रमको संचालन मनोनित डिष्ट्रिक्ट क्याविनेट सेक्रेटरी अमृतप्रसाद तिवारीले गरेका थिए ।

Read more

तिहारको चौथो दिन:गोवर्द्धन, गोरु र हलीको पूजा गरी मनाइँदै तिहार

पोखरा, कात्तिक २३ गते । यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवर्द्धन पर्वत, बलि राजा, गोरु र हलीको पूजाआजा गरी मनाइँदै छ। कात्तिक शुक्ल प्रतिपदाका दिन गाईको गोबरबाट…

आज लक्ष्मीपूजा गरिँदै, घरघरमा दीपावलीको तयारी

पोखरा । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज धनधान्य, ऐश्वर्य र समृद्धिकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा पर्व मनाइँदैछ । लक्ष्मीलाई घरमा भित्र्याउने धार्मिक विश्वासका साथ बिहानैदेखि…

विश्वकर्मा समाज कास्की महिला समितिद्वारा तिहारको शुभकामना आदानप्रदान

पोखरा। विश्वकर्मा समाज केन्द्रीय कार्यालय कास्की महिला समितिको आयोजनामा दीपावली तथा तिहार २०८३ को अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। समाजको आफ्नै भवन रामबजारस्थित अलकापुरमा आयोजित कार्यक्रममा…

प्रेस स्वतन्त्रताको पक्षमा युवाहरूको ऐक्यबद्धता : कालो पोसाकमा माइतीघरमा प्रदर्शन

‘ पत्रकारिता अपराध होइन, लोकतन्त्रमा प्रश्नको जवाफ गिरफ्तारी होइन, जवाफदेहिता हो’ भन्दै सरकारसँग मागे जवाफ काठमाडौँ, कार्तिक २१ गते। सञ्चारमाध्यममाथि बढ्दो हस्तक्षेप र पत्रकारितामाथि राज्य संयन्त्रबाट भइरहेको दबाबविरुद्ध…

प्लास्टिकका फूलमाला बिक्री गर्ने पसलमा महानगरको अनुगमन, ६ हजार २८० रुपैयाँका सामग्री नष्ट

पोखरा। तिहारलाई लक्षित गर्दै पोखरा महानगरपालिकाले प्रतिबन्धित प्लास्टिकजन्य फूलमाला तथा अन्य सामग्रीको बिक्री–वितरण रोक्न बजार अनुगमनलाई तीव्रता दिएको छ। सरकारले प्लास्टिकजन्य फूलमालाको उत्पादन, आयात, बिक्री–वितरण तथा भण्डारणमा प्रतिबन्ध…

आज तिहारको दोस्रो दिन:काग तिहार, काकबलि र धन्वन्तरी जयन्ती मनाइँदै

पोखरा । तिहारको दोस्रो दिन अर्थात् कात्तिक २१ गते आज काग तिहार, काकबलि तथा धन्वन्तरी जयन्ती मनाइँदैछ। यमपञ्चकको दोस्रो दिन कागलाई यमराजको दूतका रूपमा पूजा गर्ने परम्परा छ।…